नेकपाले केन्द्रीय सदस्यलाई नागरिकतासहित किन बोलायो बालुवाटार ?

जेठ १०, २०७५ काठमाडौं : एकतापछि पहिलोपटक बस्न लागेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यको पहिलो बैठकमा केन्द्रीय सदस्यहरूलाई आफ्नो नागरिकतासहित उपस्थित हुन भनिएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बिहीबार बस्न लागेको केन्द्रीय समितिको बैठकमा ४४१ जना केन्द्रीय सदस्य आफ्नो नेपाली नागरिकतासहित सहभागी हुनेछन्।

पहिलो बैठक भएका कारण निकै महत्त्वपूर्ण मानिएको नेकपाको बैठकमा भर्खरै दुई पार्टी एक भएर बनेको नेकपाका केन्द्रीय सदस्यले एकअर्काप्रति चिनजान पनि गर्नेछन्। ‘हामी सबैको एकअर्काप्रति चिनजान पनि छैन होला,’ नेकपाका एक केन्द्रीय सदस्य भन्छन्, ‘अब एक भएपछि हामीले एकअर्काप्रति पनि चिनजान गर्नुपर्छ। त्यसैले आजको बैठक चिनजानका हिसाबले पनि महत्त्वपूर्ण हुन्छ।’

तर, नेकपाले भने बैठक भनेर बोलाएको छैन। केन्द्रीय सदस्यलाई नागरिकता लिएर आउन र दुई अध्यक्षले निर्देशन दिने भनेर मात्र बोलाइएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल बताउँछन्। भन्छन्,‘हामीलाई बैठक भनेर बोलाइएको छैन। नागरिकता लिएर आउनु भनिएको छ। त्यहाँ अध्यक्षहरूले निर्देशन दिने कार्यक्रम रहेको पनि जानकारी दिइएको छ।’ एमाले र माओवादीको एकीकरणपछि बनेको नेकपा यतिबेला निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा छ। यसका लागि केन्द्रीय सदस्यले अनिवार्य रूपमा नागरिकता बोकेर आउन निर्देशन दिइएको उनले बताए। यस्तै, केन्द्रीय सदस्य समितिले पूर्णता पाएसँगै अब नयाँ पार्टीको परिचयपत्र बन्छ।

केन्द्रीय सदस्यलाई नयाँ परिचयपत्र बनाउनका लागि पनि नागरिकतासहित उपस्थित हुन निर्देशन दिइएको पार्टी स्रोतले बताएको छ। यस्तै, अध्यक्षद्वयले एकीकरणपछि कसरी काम गर्ने भन्ने विषयमा निर्देशन दिने स्रोतले बताएको छ। संगठन निर्माण र विस्तारबारे केन्द्रीय सदस्यले दुई अध्यक्षबाट जानकारी लिने बताइएको छ। दल दर्ताका लागि के छ व्यवस्था? राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूले संविधान र यस ऐनको अधीनमा रहेर आफ्ना राजनीतिक काम कारबाही सञ्चालन गर्न राजनीतिक दल गठन गर्न सक्ने व्यवस्था छ।

ऐन बमोजिम दल दर्ता हुनका लागि दलको प्रमुख पदाधिकारीले केन्द्रीय समितिको निर्णयसहित निर्वाचन आयोमा दर्ताका लागि निर्वाचन आयोमगमा निवेदन दिनुपर्ने हुन्छ। त्यसका लागि राजनीतिक दलको  दलको विधान, घोषणापत्र, झण्डा, चिह्नको नमुना, कम्तीमा पाँचसयजना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता पत्र र उनीहरूको नागरिकता वा मतदाता परिचय पत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर अवश्यक पर्छ सोहीअनुसार नेकपाले दल दर्ताका लागि आफ्ना केन्द्रीय सदस्यलाई नागरिकतासहित बोलाएको हो। ऐनमा भएअनुसार दर्ता भएका दुई वा दुईभन्दा बढी दलहरू एक आपसमा सम्झौता एकीकरण हुनका लागि सम्झौता भएको ३५ दिनभित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र  सम्झौताको प्रतिलिपि संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ।

निवेदनमा एकीकरण भएका दलमध्ये कुनै दलको नाममा गाभिने वा नयाँ नाममा राखिने हुनेसमेत खुलाउनु ऐनमा व्यवस्था छ। ऐनअन्तर्गत बनेको नियम बमोजिम सबै प्रक्रिया पूरा भएमा आयोगले निवेदन दर्ता भएको ३५ दिनभित्र  दल एकीकरण गर्ने निर्णय गरी त्यसको प्रमाणपत्र ऐनमा उल्लेख छ।
source:thahakhabar.com

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.