सामाजिक सञ्जालमा आएको अभिब्यक्तीप्रति मालारानी गाउँपालिकाको आपत्ती

बसन्त श्रेष्ठ छापेली,अर्घाखाँची ९ जेष्ठ

मालारानी गाउँपालिकाले जनप्रतिनिधीको बिषयलाई सामाजिक सञ्जालमा आएको भ्रमपुर्ण खबरप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाले कार्यपालिका बैठकबाट स्वीकृत गरेको कार्यक्रम अनुसार अवलोकन भ्रमण सञ्चालन गरेको जानकारी गराउँदै सामाजिक सञ्जालको भ्रमपूर्ण कुराको पछाडि नलाग्न सबैमा अपिल गरेको छ ।

गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले जारी गरेको प्रेश बिज्ञप्तीमा पूर्व निर्धारित कार्यक्रम अनुसार जेठ ८ गते देखि ९ गते सम्मको पूर्व निर्धारीत कार्यक्रम रहेको उल्लेख गरिएको छ । उपाध्यक्ष क्षेत्रीद्धारा जारी बिज्ञप्तीमा सामाजिक सञ्जालमा भएकोको आलोचनाको पछाडि नलागी सत्यतथ्य बुझेर अगाडि बढ्न आग्रह गरिएको छ ।

भ्रमणको अबधीमा पनि कार्यलयबाट प्रदान गरिने सेवा प्रबाह नियमित रुपमा सञ्चालन भईरहेको गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले प्रेस बिज्ञप्ती मार्फत जाकारी दिनुभएको छ । यसअघि सामाजीक संन्जालमा जनताको पैसाबाट जनप्रतिनिधिहरु घुमफीरमा ब्यस्त भन्दै फोटाहरु र बिभिन्न स्टाटसहरु भाईरल समेत बनेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.