सालिकबाबु पोख्रेल,अर्घाखाँची जेष्ठ ९
सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसालले मंगलबार एक बिद्यालयको निरिक्षण गर्नुभएको छ । सन्धिखर्क ८ किमडांडा नेपाली चौरमा अबस्थित जनता आधारभुत बिद्यालयको नगर प्रमुख कमल प्रसाद भुसाल,वडा अध्यक्ष इश्वरि प्रसाद भुसाल, स्रोत ब्यक्ती युबराज भुसाल लगाएतको टोलीले निरीक्षण गरेको हो । बिद्यालयको निरीक्षण गर्दै भुसालले बिद्यालयले भौतिक र गुणस्तरीय शिक्षामा गरेको उल्लेखनीय प्रगतिको सहराना गर्दै यसम नगरको सदैब साथ रहने र गुणस्तरीय शिक्षामा निरन्तरता दिन पनि बिद्यालय ब्यबबस्थापन समिती र अध्यापनरत शिक्षक शिक्षिकालाई आग्रह गर्नुभयो । निरिक्षणकै क्रममा नगरप्रमुख भुसाले बिद्यालयको भौतिक संरचना,शिक्षक शिक्षिकाको अध्यापन र प्राङ्गणमा निर्माणाधिन बाँसको कलात्मक बारको पनि निरीक्षण गर्नुभएको थियो ।