आर्थिक बर्ष २०७४\७५ मा जिल्ला अदालत अर्घाखाँचीले १ सय ४८ वटा मुद्दाको फैसला गर्यो

गोपाल भट्टराई अर्घाखाँची जेष्ठ ९

आर्थिक बर्ष २०७४\७५ मा जिल्ला अदालत अर्घाखाँचीले १ सय ४८ वटा मुद्दाको फैसला गरेको छ । कुनैपनि मुद्दालाई १ बर्ष काट्न नदिने लक्ष्य लाई पुरा गर्न योजनाका साथ अगाडि बढ्दा कुल मुद्दाको ६२ प्रतिशत फछर््यौट भएको हो । अघिल्लो बर्षबाट सरेर आएका ४० र यो बर्ष दर्ता भएका २ सय गरी कुल २ सय ४० मुद्दा मध्ये १ सय ४८ मुद्धा फैसला भएको जिल्ला अदालत अर्घाखाँचीका न्ययाधिस राम चन्द्र पौडेलले बताउनुभएको छ ।

ती मध्ये फछ्र्यौट हुन बांकी ९२ थान मुद्दा पनि यसै आर्थिक बर्ष भित्रमै फैसला गरि सक्ने लक्ष्य लिएको जिल्ला न्ययाधिस पौडेलले जानकारी दिनुभएको छ । न्ययाधिस पौडेलले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार भेटघाट गर्दै देवानी दुनियावादी तर्फ ६२,फौजदारी सरकारवादी तर्फ २५,फौजदारी दुनियावादी तर्फ ५९,रिट निवेदन निषेधाज्ञा तर्फ र पुनरावेदन दर्ता मुद्धा एक,एक गरि १ सय ४८ थान मुद्धाको फछ्र्यौट गरेको बताउनुभएको हो । अदालतको जानकारी अनुसार गत बर्ष निर्वाचनका कारण मुद्दा फछ्र्यौटमा केही समस्या भएपनि अब मुद्धा फछ्र्यौटको लक्ष्य पुरा गर्नेगरि काम भइरहेको जिल्ला न्ययाधिस पौडेलले दाबी गर्नुभउको छ ।

जिल्लामा संचालित बिभिन्न रेडियो तथा छापा मिडियाका पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा बोल्दै न्ययाधिस पौडेलले जनतालाई सरल र सहज रुपमा न्याय दिनु नै आफुहरुको मुख्य जिम्मेवारी भएको सुनाउंदै जनगुनासो रहित ढङ्गले सेवा प्रवाह गरेको दाबी गर्नुभएको छ ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.