पार्टी एकता गरौं, अध्यक्ष पद पनि छोड्न तयार छु : थापा

पर्सा, जेठ ७ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पशुपती शम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई पार्टी एकता गर्न आब्हान गर्नुभएको छ ।

वीरगञ्जको होटेल सुरजमा सोमबार  पार्टीको राष्ट्रिय परिषदको बैठक उद्घाटन गर्दै अध्यक्ष थापाले प्रजातान्त्रीक शक्तिहरुबीचको एकता आवश्यक रहेको बताउनुभएको हो ।

बैठकमा अध्यक्ष थापाले फेरि पनि पशुपती शम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई पार्टी एकता गर्न आब्हान गर्नुभयो । ‘पार्टी एकताको शर्त अध्यक्ष पद बन्छ भने पनि आफू अध्यक्ष पदबाट राजीनामा दिन तयार छु’, अध्यक्ष थापाले भन्नुभयो ।

फरक प्रसंंगमा थापाले संविधान र प्रजातन्त्रको आवरण भित्रैबाट देशमा सर्वसत्तावाद लाद्न खोजिएको आरोप लगाउनुभयो । संविधान र प्रजातन्त्रको आडमा न्यायपालिका प्रशासन संयन्त्र र संवैधानिक अंगहरु कब्जा गर्ने नियत देखिएको थापाले बताउनुभयो । ‘न्यायपालिका कब्जा भएको छ’, अध्यक्ष थापाले भन्नुभयो, ‘प्रशासन संयन्त्रमा पचास प्रतिशत र संवैधानिक आयोगहरुमा जुन बाँकी छन ती पनि कब्जा गर्ने तयारी भइरहेको छ ।’

तत्कालिन माओवादी र एमालेबीचको पार्टी एकीकरण पछिको घटनाक्रम र  मुख्य नेताहरुको अभिव्यक्ति सुन्दा मुलुकले शान्ति र स्थायित्व पाउनेमा आशंका रहेको थापाले बताउनु्भयो । source:ujyaaloonline

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.