अनुगमन समितिको बैठक सम्पन्न

हिम जिसी लेकाली,अर्घाखाँची ७ जेष्ठ

विद्युतीय आम सन्चारमाध्यमलाई वितरण गरिने लोककल्याणकारी विज्ञापन वितरणसम्बन्धी कार्यविधिअनुसार जिल्ला हुलाक कार्यालयका प्रमुख रामजीप्रसाद मरासिनीको संयोजकत्वमा अनुगमन समितिको बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।

बैठकले जिल्लामा रहेका अनुमतिप्राप्त रेडियो एफएम, टेलिभिजनहरूलाई राज्यले प्रदान गर्ने लोककल्याणकारी विज्ञापन प्रसारण गरे नगरेको अनुगमन गरी मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ । अनुगमन समितिले यही जेठ १५ गतेसम्म अन्तिम म्याद रहेकोले जिल्लाका सञ्चार माध्यमको बारेमा अनुगमन निरिक्षण गरि मन्त्रालयमा सिफारिस गर्ने बताएको छ ।

समितिमा जिल्ला हुलाक कार्यालय प्रमुख रामजीप्रसाद मरासिनी संयोजक, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि लक्ष्मी घिमिरे सदस्य, पत्रकार महासंघका प्रतिनिधि हिम लेकाली सदस्य र हुलाक कार्यालयका डिल्लीराज भुसाल सदस्य सचिव रहनुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.