हिम जिसी लेकाली अर्घाखाँची ६ जेष्ठ
शान्ति बगैँचा टोल बिकास समिति सनपा १ अर्घाखाँचीको दोश्रो साधारणसभा सम्पन्न भएको छ । भेष बहादुर के .सि को अध्यक्षतामा सम्पन्न साधारणसभा मा शुभकामना मन्तब्य राख्दै नगर प्रमुख कमल प्रसाद भुसालले टोल बिकासको सम्बृधिको लागि लागि परेको बताउनु भयो ।
त्यसैगरि सन्धिखर्क नगरपालिका १नं.बडा अध्यक्ष युवराज बन्जाडले शुभकामना मन्तब्य राख्दै शान्ति बगैँचा टोल बिकासको निम्ति आफुहरूले गरेको कार्य बारे प्रकास पार्नु भयो । सभामा अर्घाखाँची शिक्षा क्याम्पसका प्रमुख सन्धिखर्क ई .बोर्डिङ स्कुलका सन्चालक श्रीकृष्ण भुसालले मन्तब्य राख्दै टोल बिकास समितिको सिफारिसमा १जना असहाय,गरिब परिबारको बिद्यार्थी लाई निशुल्क ,पढाईने बताउनु भयो ।
कार्यक्रममा देउरालि यातायात ब्यबसायि समितिका अध्यक्ष योगेन्द्र खड्का ,संस्थापक अध्यक्ष बिष्णु प्रसाद भुसाल ,पत्रकार महासंघ का हिम लेकाली लगायतले मन्तब्य राख्नु भएको थियो । आर्थिक प्रतिबेदन कोषाध्यक्ष डिल्ली राज भुसाल,र सांगठनिक प्रतिबेदन अध्यक्ष भेष वहादुर केसि ले प्रस्तुत गर्नु भयको थियो । कार्यक्रमको सन्चालन सचिब बिष्णु खनाल र स्वागत सदस्य कृष्णप्रसाद भुसालले गर्नु भएको थियो ।