राणा, राजा र माओवादीको बन्दुकसँग नडराएको कांग्रेस कम्युनिष्टसँग डराउनु पर्दैन : थापा

राणा, राजा र माओवादीको बन्दुकसँग नडराएको कांग्रेस कम्युनिष्टसँग डराउनु पर्दैन : थापा

कपिलवस्तु ।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता गगन कुमार थापाले जस्तोसुकै परस्थितीमा समेत लोकतन्त्र बचाउन नेपाली कांग्रेस लाग्ने बताएका छन् । उनले यस्तो कुरा नेपाल तरुण दल कपिलवस्तुले गोरुसिंगेमा राखेको कार्यकर्ता प्रशिक्षण समारोहमा राखेका हुन् ।

नेपाली कांग्रेस राणा शासनको व्यवस्था, राजाको व्यवस्था, माओवादीको बन्दुकसंग समेत नडराएको हुंदा अवको कम्युनिष्ट शासनवाट समेत कुनै समस्या नपर्ने वताए । कम्युनिष्ट मिलेर देशलाई अधिनायवाद लाद्न खोजेमा त्यसको प्रतिपाद गरि संविधानले व्यवस्था गरेको संघिय लोकतान्कि गणतन्त्रको रक्षा गर्न लाग्ने समेत थापाले बताए । समावेशीको नाम जपेर जातजातीको आन्दोलन गराउने माओवादीले हाल आएर  कम्युनिष्ट पार्टीको हाइ कमिटी वनाउदा , महिला, दलित, मधेसी, जनजातीहरुलाई उपहास गरेको तथ्य प्रमाणित भएको समेत थापाले बताए ।

त्यस्तै कांग्रेसको सैनामैना नगरसभा उद्घाटन गर्दै नेता थापाले लोकतन्त्रमा जित र हार स्वाभाविक भएपनि कम्युनिष्टहरुमा जितको दम्भका संकेतहरु देखा पर्न थालेको टिप्पणी गरे ।

चुनावमा भएको हारवाट पार्टी नआत्तिएको दावी गर्दै उनले कार्यकर्तालाई धैर्य र संयम हुन आग्रह गरे । आउने चुनावमा जनताको शक्तिशाली पार्टी बन्ने प्रयासमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

कांग्रेसले सरकारका राम्रा कामको स्वागत गर्ने, विकासका मुद्दामा सरकारसंगै सहकार्य गर्ने तर, सरकार गलत कामतर्फ अघि बढे विरोध गर्ने उल्लेख गरे । उनले कांग्रेस अबको पाँच वर्ष जनताको घर घरमा पुग्ने र जनतासँगै सहकार्य गर्ने बताए ।

भर्खरै स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा मधेसी, दलित, मुस्लिम र मधेसी तथा महिलाको उपस्थिति नरहेको भन्दै उनले नेकपाले समावेशीतालाई लत्याएको आरोप लगाए ।

अर्घाखाँचीमा किन आत्महत्याका घटना बढ्दै छन ?

अर्घाखाँचीमा किन आत्महत्याका घटना बढ्दै छन ?

प्रेमनारायण आचार्य,अर्घाखाँची, ५ जेठ

अर्घाखाँची जिल्लामा पछिल्लो समय आत्महत्याका घटनामा बृद्धि भएको देखिन्छ। पछिल्लो समयमा अर्घाखाँचीमा आत्महत्या गर्नेको सख्यामा ह्वात्तै बृद्धि भएको छ। जिल्लाको अबस्था हेर्दा गएको १५ बर्षदेखि लिएर ६० बर्ष माथीका समेतले आत्म हत्या गरेका छन्। जुन अघिल्लो बर्षको तुलनामा ४३ प्रतिशतले बढी हो।

जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको तथ्यांक अनुसार गत साउनदेखि अहिलेसम्म ४२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रदीपकुमार डिसीले बताए। उनका अनुसार आर्थिक बर्ष २०७३।७४ मा २८ जनाले आत्महत्या गरेका थिए। यस बर्षको बिष्लेषण गर्दा आबेशमा आएर १८, गरिबीको कारण ३ , दीर्घ रोगका कारण ३ र अन्य कारणबाट १६ जनाले आत्महत्या गरेका छन्।

मानिसहरुमा आउने मानसिक तनाब, डिप्रेसन, नकारात्मक सोच, वातावरणिय तत्व, असफलता, उमेरगत रुपमा हुने शारिरिक विकास, मानिसले जन्मजात रुपमा लिएर आएको सम्बेग तथा उतेजनाको कारणले पनि आत्म हत्या गर्छन्। मानिसले सकारात्मक सोचको सट्टा नकारात्मक सोच लिदा पनि आत्महत्या गर्ने अबस्था सृजना हुन्छ।

अर्घाखाँची जस्तो पहाडी जिल्लामा १० महिनामा ४२ जनाले आत्महत्या गरेको बिषयलाई चानचुनको रुपमा लिन नहुने प्रहरीको ठम्याई छ।

प्रेम विवाह घरपरिवारले अस्वीकार गरेपछि फेसबुकमा सुुसाइड नोट लेखेर अर्घाखाँचीका एक युवाले केहि दिन अगाडी आत्महत्या गरेका छन्। सन्धिखर्क नगरपालिका ११ डिभर्ना जोगिमारेका एक युवाले आफ्नो प्रेम विवाह घर परिवारले अस्वीकृत गरेको भन्दै फेसबुकमा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन्।

डिभर्नाका २३ वर्षीय सम्राट भुसाल भन्ने नारायण प्रसाद भुसालले फेसबुकमा स्टाटस लेखेर सन्धिखर्क वडा नम्बर २ को त्रिवणी होटेलको कोठामा आत्महत्या गरेका हुन्। भुसालले त्रिवणी होटेलको दुई तल्लामाथि कोठामा आत्महत्या गरेको अवस्थामा प्रहरीले फेला पारेको हो।

सन्धिखर्क नगरपलिका वाङ्ला आमडाँडाकी शुष्मा क्षत्रीलाई दुईहप्ता अगाडि प्रेम विवाह गरेका थिए। उनको प्रेम विवाहलाई घरपरिवारले अस्वीकृत गरेका थिए। भुसालले फेसबुकमा स्टाटस लेखेपछि आफ्नो केटी साथी शुष्मासँग झण्डै २५ मिनेट होटेलमा बसेका थिए। उक्त समयमा उनिहरुले फेसबुकमा लेखेको स्टाटस समेत हटाएका थिए। उनले आफ्नै फोटोमा हार्दिक श्रदाञ्जली भनेर समेत लेखेर फेसबुकमा पोष्ट गरेका थिए।

होटेलमा उनले एक जना बस्ने भनेर आफ्नो नाम लेखाएका थिए। शुक्रबार बिहान अबेरसम्म बाहिर खाजा खान नआएपछि त्रिवणी होटेलका कर्मचारी हेर्न जाँदा झुन्डिएको अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरिक्षक प्रदिप डिसीका अनुसार उनका भिनाजुले फेसबुकमा स्टाटस लेखेको देखेर प्रहरीलाई समेत खबर गरेका थिए। भुसालले फेसबुकमा जिन्दगी जिउन धेरै गारो भएको जस्ता बिभिन्न खालका स्टाटस लेखेका थिए। उनले आफ्नै फोटोमा हार्दिक श्रदाञ्जली भनेर समेत लेखेका थिए।source:hindukhabar.com

माग पुरा नभए आन्दोलनमा जाने राहत शिक्षक अर्घाखाँचीको घोषणा

श्याम घिमिरे अर्घाखाँची,६जेष्ठ

अर्घाखाँची जिल्लामा कार्यरत राहत शिक्षकले आन्दोलन थालेका छन् । स्थानीय सरकार समक्ष विभिन्न माग राख्दै उनीहरुले आन्दोलन थालेका हुन् । राज्यले शिक्षण पेशामा दरबन्दीका शिक्षक सरह योगदान गरेका राहत शिक्षहरुलाई सेवा सुविधामा विभेद गरेका भन्दै आन्दोलन थालेका हुन् ।

माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने तयारी गरेको राहत शिक्षक ५नम्बर प्रदेश सदस्य बिक्रम भुसालले बताए । राहत शिक्षककै भरमा विद्यालय चलेका छन् तर उनिहरुलाई नै राज्यले उपेक्षा गरेकाले हामी आन्दोलन गर्न बाध्य भएका हौैं’ सदस्य भुसालले भने ‘पटक पटकका आन्दोलन र मागहरु केन्द्रिय सरकारले वास्ता गरेन त्यसैले स्थानीय सरकार मार्फत समाधानको आशा गरेका छौं उनले अगाडी भने ।’

राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिकाको अध्यक्षमा टेक बहादुर थापा निर्बाचित

गोपाल प्रसाद भट्टराई अर्घाखाँची ६ जेष्ठ

राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिकाको अध्यक्षमा टेक बहादुर थापा निर्बाचित हुनुभएको छ । भुमिकास्थान ४ मैनडांडामा आज सम्पन्न प्रथम नगर सम्मेलनले थापाको नेतृत्वमा २१ सदस्यिय नगर समिति नै निर्बिरोध निर्बाचित गरेको छ । जसको उपाध्यक्षमा कविराम खनाल,सचिव हिमलाल बन्जाडे,सह–सचिव मेघराज बन्जाडे र कोषाध्यक्षमा जुना सुनार चयन हुनभएको छ ।

Image may contain: 2 people, people sitting, crowd, tree and outdoor

सम्मेलन सफल पार्न भुमिकास्थानका १० वटै वडाहरुबाट सयौंको संख्यामा सहभागि भएका उक्त पार्टीका कार्यकर्ताहरुलाई संवोधन गर्दै राष्ट्रिय जनमोर्चाका नेताहरुले परिवर्तनका कुरा सत्ताधारीहरुले जतिसुकै गरेपनि देशको राष्ट्रियता र अर्थतन्त्र संकटमा पर्दै गएकोले सबै नेपाली सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।

खड्क बहादुर थापाको अध्यक्षता,बाबुराम सुनारको स्वागत मन्तव्य र मेघराज खनालको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापा,नेता सागर के.सी.,अनेम संघ केन्द्रिय उपाध्यक्ष सकुन्तला राना,अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष जिवनारायण खानल,अखिल नेपाल युवक संघका नेता कविराम खनाल,अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई,जनप्रतिनिधिको तर्फबाट बुद्धि बहादुर थापा,जातिय समता समाजका नेता चेत बहादुर वि.क. र अखिल नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष कृष्ण बन्जाडेले मन्तव्य राख्नु भएको थियो ।

Image may contain: 4 people, including Jhabilal Thapa, people sitting, tree, beard, outdoor and nature

नेपाली कांग्रेस अर्घाखाँचीले परिक्षण कार्यक्रम गर्ने

घनश्याम पौडेल,अर्घाखाँची ६ जेष्ठ

नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले परिक्षण कार्यक्रम गर्ने भएको छ । समसामयिक बिषयमा नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीले जिल्लाभरका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला समिती, क्षेत्रिय समिति, नगर समिति, गाउँ पालिका समिती, गाउँ नगर वार्ड समिति, सबै तहमा निर्वा्िचत जनप्रतिनिधि, पार्टीको तर्फबाट उठेका सबै तहका उम्मेदवारहरु, पुर्ब पाटी पदाधिकारी तथा सदस्यहरु, भातृ संस्था, शुुभेक्छुक संस्था र अगुवा कार्यकर्ताहरु लाई पहिलो चरणमा पशिक्षण गर्ने जिल्ला सभापती विष्णु मुस्कानले जानकारी दिए ।

उनले २०७५ जेठ ९ गते जिल्ला समन्वय समितीको सभाहलमा विहान १० बजेदेखी ५ बजेसम्म पशिक्षण गर्ने गरी कार्यक्रम अगाडी बताएको जानकारी दिए । त्यस्तै कांग्रेसले द्रोसो चरणमा जिल्लाका सवै वडाहरुमा ७५ दिने अभियान लिएर प्रशिक्षण कार्यक्रम मार्फत कांग्रेस गाउँ नगर जाने मुस्कानलाई उदृत गर्दै प्रेस युनियनका जिल्ला सदस्य घनश्याम पौडेलले जानकारी दिएका छन् ।