
कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता गगन कुमार थापाले जस्तोसुकै परस्थितीमा समेत लोकतन्त्र बचाउन नेपाली कांग्रेस लाग्ने बताएका छन् । उनले यस्तो कुरा नेपाल तरुण दल कपिलवस्तुले गोरुसिंगेमा राखेको कार्यकर्ता प्रशिक्षण समारोहमा राखेका हुन् ।
नेपाली कांग्रेस राणा शासनको व्यवस्था, राजाको व्यवस्था, माओवादीको बन्दुकसंग समेत नडराएको हुंदा अवको कम्युनिष्ट शासनवाट समेत कुनै समस्या नपर्ने वताए । कम्युनिष्ट मिलेर देशलाई अधिनायवाद लाद्न खोजेमा त्यसको प्रतिपाद गरि संविधानले व्यवस्था गरेको संघिय लोकतान्कि गणतन्त्रको रक्षा गर्न लाग्ने समेत थापाले बताए । समावेशीको नाम जपेर जातजातीको आन्दोलन गराउने माओवादीले हाल आएर कम्युनिष्ट पार्टीको हाइ कमिटी वनाउदा , महिला, दलित, मधेसी, जनजातीहरुलाई उपहास गरेको तथ्य प्रमाणित भएको समेत थापाले बताए ।
त्यस्तै कांग्रेसको सैनामैना नगरसभा उद्घाटन गर्दै नेता थापाले लोकतन्त्रमा जित र हार स्वाभाविक भएपनि कम्युनिष्टहरुमा जितको दम्भका संकेतहरु देखा पर्न थालेको टिप्पणी गरे ।
चुनावमा भएको हारवाट पार्टी नआत्तिएको दावी गर्दै उनले कार्यकर्तालाई धैर्य र संयम हुन आग्रह गरे । आउने चुनावमा जनताको शक्तिशाली पार्टी बन्ने प्रयासमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।
कांग्रेसले सरकारका राम्रा कामको स्वागत गर्ने, विकासका मुद्दामा सरकारसंगै सहकार्य गर्ने तर, सरकार गलत कामतर्फ अघि बढे विरोध गर्ने उल्लेख गरे । उनले कांग्रेस अबको पाँच वर्ष जनताको घर घरमा पुग्ने र जनतासँगै सहकार्य गर्ने बताए ।
भर्खरै स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा मधेसी, दलित, मुस्लिम र मधेसी तथा महिलाको उपस्थिति नरहेको भन्दै उनले नेकपाले समावेशीतालाई लत्याएको आरोप लगाए ।