श्याम घिमिरे अर्घाखाँची,६जेष्ठ
अर्घाखाँची जिल्लामा कार्यरत राहत शिक्षकले आन्दोलन थालेका छन् । स्थानीय सरकार समक्ष विभिन्न माग राख्दै उनीहरुले आन्दोलन थालेका हुन् । राज्यले शिक्षण पेशामा दरबन्दीका शिक्षक सरह योगदान गरेका राहत शिक्षहरुलाई सेवा सुविधामा विभेद गरेका भन्दै आन्दोलन थालेका हुन् ।
माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने तयारी गरेको राहत शिक्षक ५नम्बर प्रदेश सदस्य बिक्रम भुसालले बताए । राहत शिक्षककै भरमा विद्यालय चलेका छन् तर उनिहरुलाई नै राज्यले उपेक्षा गरेकाले हामी आन्दोलन गर्न बाध्य भएका हौैं’ सदस्य भुसालले भने ‘पटक पटकका आन्दोलन र मागहरु केन्द्रिय सरकारले वास्ता गरेन त्यसैले स्थानीय सरकार मार्फत समाधानको आशा गरेका छौं उनले अगाडी भने ।’