अर्घाखाँचीमा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण

अर्घाखाँचीमा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण

अर्जुन भुसाल,अर्घाखाँची जेठ ४

सहकारी संस्थाहरुको अभिलेखिकरण हस्तान्तरण तथा स्थानीय तहका पदाधिकारी एवं अधिकृतहरुका बीचमा अभिमुखीकरण कार्यक्रम सन्धिखर्कमा सुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसालको प्रमुख आतिथ्यता सम्पन्न उद्घाटन शत्रमा सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल, सितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारी, छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेल, भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द बेद्यवासे, उद्योग वाणिज्य संघका महासचिव नेत्र प्रसाद भुसाल, अर्घाखाँची वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश भुसाल, पत्रकार महासंघका सदस्य अर्जुन भुसाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले सहकारीको वास्तविक महत्वलाई बुझेर सहकारी क्षेत्रमा काम गर्नु पर्ने बताएका थिए । उनले सहकारीको माध्यमबाट जिल्लालाई समृद्ध बनाउन सकिने बताउँदै स्थानीय तहहरुले सहकारीका लागि प्रभावकारी ऐन कानून बनाउनु पर्नेमा जोड दिए । कार्यक्रमममा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्ना स्थानीय तहको सहकारी अभिलेखीकरण बुझेका छन् ।

अब स्थानीय तहबाट सहकारीको दर्ता, नविकरण लगायतका कामहरु हुने भएका छन् । कार्यक्रम डिभिजन सहकारी कार्यालय कपिलवस्तुका प्रमुख ऋषिराम पौडेलको अध्यक्षता र सहकारी विभागकी लोखा अधिकृत शारदा भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम भोली सम्म चल्ने छ ।

जनज्योती माविमा अभिभावकको सक्रियता सेमिनार कार्यक्रम

जनज्योती माविमा अभिभावकको सक्रियता सेमिनार कार्यक्रम

 सन्धिखर्क एफएम, ४ जेठ

 पाणिनी वहुमुखी क्याम्पस एमएड दोस्रो वर्षका छात्र शिक्षकहरुले जनज्योती मावि चुत्रावेसीमा अभिभावकको सक्रियता विषयक सेमिनार कार्यक्रम सम्पन्न गरेका छन ।

अभिभावकको सक्रियता विना शिक्षालाई सोचेजस्तो बनाउन नसकिने बताईएको उक्त कार्यक्रमका प्रमुख अतिथी तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धर्मराज बन्जाडेले आयोजकहरुको खुलेर प्रशंसा गरे ।

छात्र शिक्षकहरुले जनज्योती माविका प्रअ पशुपति भुसाललाई मायाको चिनो प्रदान गरेको स्वही विधालयका पिटिए अध्यक्ष मुक्तिनाथ भुसालले जानकारी दिए ।

वडा अध्यक्ष भुसाल भए एक विद्यार्थीको अभिभावक

अर्घाखाँची: वडा अध्यक्ष भुसाल भए एक विद्यार्थीको अभिभावकशालिकबाबु पोख्रेल सन्धिखर्क, ४ जेठ

सन्धिखर्क नगरपालिका ८ का वडा अध्यक्ष इस्वरी प्रसाद भुसालले एकजना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । जनता आधारभुत विद्यालय नेपालीचौरमा भएको विद्यालय सुधार योजना कार्यक्रममा अध्यक्ष भुसालले सोही विद्यालयमा कक्षा दुइमा अध्ययनरत छात्रा गायत्रा विकको अभिभावकत्व ग्रहण गरे ।

छात्रा विकको अभिभावकत्व ग्रहण गर्दै अध्यक्ष भुसालले विद्यालयलाई जिल्लामै उत्कृष्ट बनाउनको लागि आफुले कुनै कसर बाकी नराख्ने बताए । उनले विद्यालयले छोटो समयमै गरेको प्रगतिको समेत प्रशंसा गरे ।

कार्यक्रममा स्रोत व्यक्ती युबराज भुसाल, पिताम्बर बन्जाडे ,तुलसा बन्जाडे, गोकर्ण बन्जाडे लगायतले मन्तव्य राख्दै बिद्यालयले शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताए ।

विद्यालय सुधारको लागि पिताम्बर बन्जाडेको अध्यक्षतामा पाँच सदस्यीय विद्यालय सुधार समिती र ऋषिराम पोख्रेलको अध्यक्षतामा पाँच सदस्यिय विद्यालय सुधार सुझाव संकलन समिती समेत गठन गरिएको छ ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शिव प्रसाद पोख्रेलको अध्यक्षता, शिक्षक प्रतिनिधि शालिक बाबू पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।