शालिकबाबु पोख्रेल सन्धिखर्क, ४ जेठ
सन्धिखर्क नगरपालिका ८ का वडा अध्यक्ष इस्वरी प्रसाद भुसालले एकजना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । जनता आधारभुत विद्यालय नेपालीचौरमा भएको विद्यालय सुधार योजना कार्यक्रममा अध्यक्ष भुसालले सोही विद्यालयमा कक्षा दुइमा अध्ययनरत छात्रा गायत्रा विकको अभिभावकत्व ग्रहण गरे ।
छात्रा विकको अभिभावकत्व ग्रहण गर्दै अध्यक्ष भुसालले विद्यालयलाई जिल्लामै उत्कृष्ट बनाउनको लागि आफुले कुनै कसर बाकी नराख्ने बताए । उनले विद्यालयले छोटो समयमै गरेको प्रगतिको समेत प्रशंसा गरे ।
कार्यक्रममा स्रोत व्यक्ती युबराज भुसाल, पिताम्बर बन्जाडे ,तुलसा बन्जाडे, गोकर्ण बन्जाडे लगायतले मन्तव्य राख्दै बिद्यालयले शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताए ।
विद्यालय सुधारको लागि पिताम्बर बन्जाडेको अध्यक्षतामा पाँच सदस्यीय विद्यालय सुधार समिती र ऋषिराम पोख्रेलको अध्यक्षतामा पाँच सदस्यिय विद्यालय सुधार सुझाव संकलन समिती समेत गठन गरिएको छ ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शिव प्रसाद पोख्रेलको अध्यक्षता, शिक्षक प्रतिनिधि शालिक बाबू पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।