महिलाका मुद्दाहरुमा सबै गम्भीर हुनु पर्नेमा जोड

अर्घाखाँची: महिलाका  मुद्दाहरुमा सबै गम्भीर हुनु पर्नेमा जोड

अर्जुन भुसाल,अर्घाखाँची जेठ ४

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले महिलाहरुका मुद्दाहरुमा सबै पक्ष गम्भीर हुनु पर्ने बताएका छन् । उनले आफू लामो समयसम्म महिला तथा समाजकल्याण मन्त्रालयमा बसेर काम गरेको भन्दै महिलाका मुद्दाका विषयमा आफू जानकार रहेको बताए ।

२५ औं मदन आश्रित स्मृति दिवसको अवसर पारेर अनेम संघले सन्धिखर्कमा गरेको ‘सूचना प्रविधिको विकास र मर्यादित समाज निर्माणमा हाम्रो भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै भुसालले मर्यादित समाज निर्माणका लागि सबै अनुशासित बन्नु पर्नेमा जोड दिए । उनले सबै निकायमा अचारसंहिता र मर्यादा हुने भन्दै सबैले कानुनको पालन गरे सभ्यसमाज निर्माण हुन समय नलाग्ने बताए । प्रजिअ भुसालले अहिलेको वैज्ञानक युगमा सूचना र प्रविधिको अधिकतम उपयोग गर्नु पर्ने बताए । उनले सूचना र प्रविधिका नाममा भएका विकृति विसंगतीहरुको अन्त्य गरिनु पर्ने बताए ।

कार्यक्रममा सामाजिक अभियान्ता बिजुला रायमाझीले ‘सूचना प्रविधिको विकास र मर्यादित समाज निर्माणमा हाम्रो भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन । कार्यपत्र माथी अभिवक्ता जगन्नाथ भुसाल, जिल्ला अदालतकी कर्मचारी अनिता थापा, अधिवक्ता पवित्रा भट्टराईले टिप्पणी गर्दै कार्यपत्र प्रभावकारी र समय सापेक्ष रहेको बताएका थिए ।

कार्यक्रममा नेकपा एमालेका पाँच नम्वर प्रदेश सदस्य जनार्दन खनाल, पवित्रा पौडेल, यमुना भुसाल, राजमोनिकट अनेम संघकी अध्यक्ष कल्पना पोख्रेल, बार एसोसियसनका अध्यक्ष टंक पोख्रेल, पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी (लेकाली), प्रगतिशिल लेखक संघका अध्यक्ष बुद्धिबहादुर रायमाझी, सचिव जेवि दर्लामी, समाजसेवी सहयोगी विसी, शिक्षिका सिता वञ्जाडे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम अनेम संघकी अध्यक्ष विष्णु आचार्यको अध्यक्षता, कोषाध्यक्ष दिपा आचार्यको स्वागत मन्तव्य र सचिव सुशिला गैरेको सञ्चानमा सम्पन्न भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.