संघियता असफल हुनेमा संका उत्पन्न भएको माओवादी केन्द्रका नेता रायमाझिको भनाई

संघीयता असफल हुन्छ : रायमाझी

प्रेम नारायण आचार्य अर्घाखाँची २जेष्ठ

नेकपा माओवादी केन्द्रका नेता तथा पुर्ब उपप्रधान मन्त्री टोपबहादुर रायमाझिले सबै आ–आफनै ढंगले चल्दा संघीयता असफल हुन सक्ने संका गर्नुभएको छ । उहाले जनताको बलिदानीबाट ल्याएको संघियतालाई असफलताबाट रोक्न र गलत ट्रयाकमा जान खोजेको शंका गर्दै यसलाई रोक्न सबै लाग्नु पर्ने बताउनु भयो । शहिद टंक प्रसाद भुसालको स्मृति दिवसको अबसर पारेर सन्धिखर्क नगरपालिका वाड नम्वर १० को ढाकाचिनामा निर्माणाधिन शहिद स्मृती प्रतिष्ठानको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री रायमाझीले यस्तो बताउनु भएको हो । स्थानीय तहका जन प्रतिनिधिलाई ठुलो आकारको बजेट र अधिकार, प्रदेस र संघीय संसदलाई बजेट विहीन बनाउदा रिलेसनमा समस्या आएको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, सन्धिखर्क १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुँदाली, ९ का वडा अध्यक्ष देववहादुर रायमाझि , पत्रकार महासंघका अध्यक्ष हिमबहादुर लेकाली, माओवादी सन्धिखर्क नगरपालिकाका अध्यक्ष केबी भुसाल लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम बसन्त खड्काको अध्यक्षता ,डिलबहादुर रानाभाटको स्वागत र राजेन्द्र जिसीको सञ्चालनमा सम्पन्न भएको हो ।