अन्टुक अर्घाखाँचीको तेस्रो जिल्ला भेला सम्पन्न -अध्यक्षमा पुन भट्टराई

Image may contain: 3 people, including Thamman Kc

गोपाल भट्टराई ,जेष्ठ २ अर्घाखाँची
अखिल नेपाल राष्ट्रिय ट्रेड युनियन महासंघ अन्टुक अर्घाखाँचीको तेस्रो जिल्ला भेला नयां नेतृत्व चयन गर्दै बुधबार सम्पन्न भएको छ । भेलाले सिद्धि भट्टराईको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समितिको गठन गरेको हो । नव गठित अन्टुक जिल्ला समितिको उपाध्यक्षमा तुल्सीराम गैरे,सचिव इन्द्रमणी भुसाल , सह–सचिव शिव अधिकारी र कोषाध्यक्षमा बुद्धि गैरे चयन हुनुभएको अन्टुक अर्घाखाँचीले जानकारी दिएको छ ।

अन्टुक केन्द्रिय सदस्य दधिराम आचार्यले उद्घाटन गर्नुभएको भेलामा राजमो केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झविलाल थापा,अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय कोषाध्यक्ष लालबहादुर राना ,राजमो प्रदेश पाँचका सदस्य शेर बहादुर बि.सी.नेता सागर के.सी.,नेकपा मसालका जिल्ला प्रवक्ता थम्मन के.सी. र अनेम संघ जिल्ला अध्यक्ष कल्पना पोख्रेल लगायतले सम्बोधन गर्दै मुलुकको परिवर्तनका बाहक मजदुरहरु एक नभए सम्म धनि र गरिब बिचको खाडल नपुरिने बताउनुभएको छ ।

सिद्धि भट्टराईको अध्यक्षता,गंगाराम खनालको स्वागत मन्तव्य र तुल्सीराम गैरेको संचालनमा सम्पन्न भेलाले कमल प्रसाद घिमिरे,गाविन्द वि.सी.,गंगाराम खनाल र जिवनारायण खनाल रहेको ४ सदस्यिय सल्लाहकार समिति पनि गठन गरेकोे छ ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.