भोलि नै एमाले-माओवादी पार्टी एकता घोषणा

भोलि नै एमाले-माओवादी पार्टी एकता घोषणा !

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् ।प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको वार्तामा एकता सहमति जुटेको हो । सम्भवत भोलि नै एकता घोषणा हुनेछ । एकीकरणअघि दुवै पार्टीका केन्द्रीय कमिटी बैठक बसेर मान्युट गरेपछि मात्र निर्वाचन आयोगमा जानकारी दिनुपर्छ ।

एमाले केन्द्रीय कमिटी बैठकअघि पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणको घोषणा गर्ने सम्भावना छ । बैठकपछि पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बताएको छ । सकेसम्म बिहीबार नै एकीकृत पार्टी ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी छ । यद्यपि एमाले उपमहासचिव बिष्णु पौडेलले भने संयोजन समितिको बैठकपछिमात्र टुंगो लाग्ने बताए । उनले दुवै अध्यक्षको भनाइ उधृत गर्दै भने-एकता ‘अन प्र्रोग्रेस’मा छ ।

स्रोतका अनुसार केन्द्रीय कमिटीमा प्रतिशतको आधारमा हुने छैन । माओवादीले समानतामा आधारित एकता हुनुपर्ने भनेको छ । एमालेका २५/३० जना बढी केन्द्रीय सदस्य रहनेछन् । पोलिटव्यूरो र स्थायी कमिटी पनि सोही अनुसार बन्नेछ । पार्टीमा दुई अध्यक्ष बाहेक अरु पदाधिकारी हुने छैनन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.