स्वरोजगार लघुवित्त संस्था अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा चार दिने साबुन तथा सरफ बनाउने तालीमको सुरु

श्याम घिमिरे, अर्घाखाँची १ जेष्ठ

समृद्ध राष्ट्र निर्माणको अभियानलाई सफल पार्न सबै एक जुट हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । स्वरोजगार लघुवित्त वितिय संस्था अर्घाखाँची शाखाले सन्धिखर्कमा संचालन गरेको चार दिने साबुन तथा सरफ बनाउने तालीमको उदघाटन समारोहमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

आयोजक सस्थाका शैलेस ढकालको अध्यक्षता,समुन्द्र बराकोटीको स्वागत मन्तव्य र पुर्षोतम कोइरालाको सन्चालनमा सम्पन्न तालीम उदघाटन शत्रमा मन्तव्य राख्दै सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार वि.क. ले नेपाली जनताको लामो संघर्ष र बलिदानीले मुलुक समृद्धिको दिशामा अगाडि बढेको भन्दै यसलाई सफल पार्न सबैले आआफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताउनु भएको छ ।


यस्तै सन्धिखर्क २ का वडा अध्यक्ष मोतिजङ्ग रायमाझीले तालिम संचालन गरेर बेरोजगार अन्त्य गर्न सरकारले अगाडि सारेको स्वरोजगारको अवधारणालाई लघुवित्त सस्थाले सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको छ । जिल्लाभर वितिय सस्थामा आवद्ध ३९ वटा महिला समुहबाट ६५ जनाको सहभागीता रहेको तालीममा कल्याणी खरेल लगायतको टोलीले सहजीकरण गर्ने आयोजक सस्थाले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.