विश्वको राजनिति निरंकुसतातर्फ उन्मुख भएको छ –पुर्बउपप्रधानमन्त्री रायमाझी


श्याम घिमिरे ,अर्घाखाँची जेष्ठ १
पुर्ब उपप्रधान तथा प्रतिनिध सभाका सांसद टोपबहादुर रायमाझीले विश्वको राजनिति यतिबेला निरंकुसता तर्फ उन्मुख भएको बताउनु भएको छ । उहाँले भारत र चाईना संगको सम्बन्ध समदुरीको आधारमा अगाडी बढेकोपनी बताउनु भयो । रिपोर्टर्स क्लब नेपाल अर्घाखाँची शाखाले मंगलबार सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मनतब्य राख्दै सांसद रायमाझीले यस्तो बताउनु भएको हो ।

उहाँले देशमा तिन वटा सरकार बिचको समन्वय राम्रो हुन नसकेको भन्दै स्वायत्तताको नाममा एकाधिकार जमाउन खोजीएमा संघियता र स्थानीय निकायले फलपखान सक्ने कुराको समेत अबगत गराउनु भयो । देशमा आर्थिक समृद्धी र बिकास निर्माणका कुराहरु गरीरहदा बिकास बजेट भने कम रहेको भन्दै सांसद रायमाझीले सबै क्षेत्रको बिकासकालागी माफीयागीरीलाई अन्त्य गरीनु पर्ने बताउनु भयो ।

त्यस्तै पार्टी एकताको बारे सोधीएको प्रश्नमा सांसद रायमाझीले पार्टी एकता गर्न सजिलो नभएको भन्दै आफु सम्मानजनक एकताको पक्षमा रहेकोले एकताको मिति तोक्न नसक्ने बताउनु भयो । कार्यक्रममा मनतब्य राख्दै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले अर्घाखाँची जिल्ला समृद्धी र बिकास निर्माणमा अगाडी बढेको बताउदै कर्मचारी र जनप्रतिनिधि बिच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिनु भयो ।


त्यस्तै एमालेका जिल्ला सचिब रामबहादुर चौहानले कुरामा भन्दापनी काममा जोड दिन सबै जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका सभापति बिष्णुप्रसाद खनाल मुस्कानले जनप्रतिनिधिहरुले सबै संग सहकार्यगरी अगाडी बढ्नुपर्ने भन्दै जुनसुकै काम निश्पक्ष र पारदर्शी भएर गर्न सुझाब दिनु समेत दिनुभयो ।

माओबादी केन्द्रका संयोजक ठाकुर कुमार बिकले नेपालको उत्कृष्ट संबिधान कार्यान्वयनको चरणमा रहेकोले देशले मुहार फेर्ने बताउनु भयो ।

राजमोका जिल्ला अध्यक्ष झबिलाल थापाले बिकास निर्माणका कामहरुलाई शिद्धान्तमा भन्दा ब्यबहारमा उर्तानुपर्ने बताउनु भयो ।

त्यस्तै पहरी नायब उपरीक्षक एक नारायण कोईरालाले जिल्लामा राजनितिक दलहरु बिचको एकताले शान्तीसुरक्षालाई अमनचयन कायम गर्न सहज भएको बताउनु भयो ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम जिसी लेकाली र प्रदेश सदस्य पे्रमनारायण आचार्यले जिल्लाको समग्र बिकास निर्माणमा पत्रकारहरुको सहकार्य रहने बताउनु भयो ।

अधिबक्ता जगनाथ भुसालले जिल्लामा हालसम्म आएको बजेटको समिक्षा गर्नुपर्ने भन्दै ,दलहरुको बढी एकताको कारण बिकास निर्माणमा अपार्दर्शीता भएको दाबी गनुृ भयो । कार्यक्रममा सरुवाभई बुटबल जान लाग्नु भएका प्रहरी नायब उपरीक्षक एकनारायण कोईरालाई बिदाई समेत गरीएको थियो ।


कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता,बिरेन्द्र केसीको स्वागत मनतब्य र गणेश खनालको सन्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.