बलकोटमा प्राथमिक स्वास्थ्यकेन्द्रको अनुगमन सम्पन्न।

हिम जिसी लेकाली बैशाख ३१  अर्घाखाँची

जिल्ला स्वास्थ्य कार्यालय, अर्घाखाँची अन्तर्गत निशुल्क स्वास्थ्यसेवा अनुगमन समितिको संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको संयोजकत्वमा छत्रदेव गाउँ पालिका २ मा रहेको बलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा आज अनुगमन सम्पन्न भएको छ ।

जिल्लामा रहेका स्वास्थ्यचौकी तथा प्राथमिक स्वास्थ्यचौकीको अवस्थाबारे जानकारी लिने र त्यस संस्थाका सुधार गर्नुपर्ने पक्षहरूबारे जानकारी लिने उद्देश्यले यस समितिले बेलाबेला अनुगमन गर्दै आएको छ । अनुगमनको क्रममा समितिका प्रमुख पिताम्बर शर्माले सबल पक्षहरूको बारे प्रशन्सा गर्दै सुधार गर्नुपर्ने पक्षहरू बारे औल्याउनुभयो ।

विषयवस्तुमा प्रकाश पार्दै जिल्ला स्वास्थ्य कार्यालय अनुगमन समितिका संयोजक गणेशराज पौडेलले स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । राज्यले जनतालाई ७० प्रकारका औषधि निशुल्क वितरण गर्ने भनेपनि पछिल्लोपटक जिल्लाका स्वास्थ्यसन्स्थाहरूमा अत्यावश्यक औषधिको अभाव खट्किएको बताइन्छ ।

औषधिको अभावको कारणबारे बलकोट प्राथमिक स्वास्थ्य संस्था व्यवस्थापन समिति अध्यक्ष छत्रदेव २ का वडाअध्यक्ष राजेश कुमार पन्थीले गाउँपालिकालाई स्वास्थ्य क्षेत्रको जिम्मा प्रदान गरिएपछी प्रयाप्त औषधि खरिदका लागि बजेट नहुदा समस्या परेको बताउनुभयो ।

दैनिक ५० भन्दा बढीले सेवा प्राप्त गरिरहेको स्वास्थ्यकेन्द्रमा आकस्मिक सेवासमेत सन्चालन गर्न सके छत्रदेव गाउपालिका स्वास्थ्यक्षेत्रमा अब्बल हुने डा. सागर पोख्रेलले बताउनुभयो ।

अनुगमनमा डा. अर्पण पोख्रेल, डा. प्रकाश भट्टराई, नेपाली काङ्ग्रेसका जिल्ला सचिव विष्णुप्रसाद भुसाल, छत्रदेव वडा नम्बर २ का सदस्य तोमलाल रिजाल र नेपाल पत्रकार महासङघका अध्यक्ष तथा अनुगमन समितिका सदस्य हिम लेकालीको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.