रुद्रमणि भुसाल,बैशाख ३१ अर्घाखाँची
किसानका लागि उन्नत वीउ विजन कार्यक्रम अन्तरगत बजारिकरण सम्बन्धमा स्थानिय प्रतिनिधि र सरोकारवाला निकायबिच जिल्ला स्तरीय अनुशिक्षण गोष्ठी उद्योग बाणिज्य संघको कार्यालयमा सम्पन्न भएको छ । कृषि उद्यम केन्द्र अर्घाखाँची ,उद्योग बाणिज्य संघको आयोजना र नेपाल सरकार कृषि बिकासका लागि अन्तराष्टिय कोषको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसमलले अर्घाखाँची जिल्ला दुध , मासु , अन्डा र बिभन्न जातका उन्नत जनतको बिउ उत्पादन गर्नमा केयुबिकेले महत्वपुर्ण भुमिको खेलेकोमा धन्यबाद दिनु भएको छ । जिल्लामा उत्पादन भएको बस्तुलाई गुणस्तररुपमा आम नागरिकमाज पुयाउन सबैलाई आग्रह गनु भएको थियो ।
कार्यक्रममा उपप्रमुख ठाकुर बिक , जिल्ला पसुसेवा कार्यालयका प्रमुख डा लोकनाथ पौडेल , केयुबिकेका कृषक सल्लहाकार बाबुराम चुदाली राजु शर्मा लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका १२ ओटै वडाका वडा अध्यक्षहरुको सहभाथिता रहेको थियो ।
कार्यक्रम उद्योबाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अशोक कुमार श्रेष्ठको अध्यक्षता र महासचिब नेत्र प्रसाद भुसालको संचालन सम्पन्न भएको हो ।