काठमाडौं, वैशाख ३० – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे संसदमा जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री ओलीले नाम नतोकिकनै नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादामा कमजोर र अनुपयुक्त भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले आफ्नो स्वाभिमान बचाउनुपर्छ । नेपालको भारतप्रति हम्रो स्पष्ट नीति छँदैछ ।’
उहाँले यसअघि ‘राष्ट्रिय हितको पक्षमा स्वाभिमान झुक्न नदिइकन सम्बन्ध सुधार गरियोस्’ भन्ने विज्ञहरुको छलफल अनुसार नै आफूले काम गरेको बताउनुभयो । source:ujyaaloonline