रोल्पाले खेलकुदको माध्यमबाट एकता, सद्भाव र शान्ति सन्देश दिनुपर्छ : सभामुख महरा

बैशाख २९, २०७५ रोल्पा :

सभामुख कृष्णबहादुर महराले रोल्पाबाट अब एकता, सद्भाव र शान्तिको सन्देश दिनुपर्ने बताए। शनिबार रोल्पाको लिबाङमा प्रथम सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै सभामुख महराले यस्तो बताएका हुन्। सभामुख महराले विगतमा राजनीतिक परिवर्तनको नेतृत्व गरेको रोल्पामा अब एकता, सद्भाव र शान्तिको नेतृत्व गर्नुपर्ने बताए।

‘रोल्पाले विगतमा ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको थियो।’ सभामुख महराले भने, ‘अब खेलकुदका माध्यमबाट एकता, सद्भाव र शान्तिको सन्देश यहीँ रोल्पाबाटै दिनुपर्छ।’ सभामुख कप खेलकुद प्रतियोगिता पहिलो पटक आयोजना भएको भन्दै सभामुख महराले रोल्पामा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता पनि पहिलो पटक भएकोमा खुसी व्यक्त गरे।

सभामुख महराले खेलकुद विशुद्ध मनोरञ्जन र शारीरिक कसरत मात्रै नभएकाले नेपालीहरूलाई जोड्नुका साथै देशको पहिचान विश्वमै फैलाउने क्षेत्र रहेको बताए। ‘खेलकुद विशुद्ध मनोरञ्जन र कसरत मात्रै होइन, उनले भने, ‘खेलकुदले नेपाली–नेपालीबीच एकताको पुलको काम गर्नुका साथै विश्व समुदायमा देशको पहिचान बनाउँछ।’ नेपाललाई समृद्ध बनाउन खेलकुद क्षेत्रको विकास अपरिहार्य भएकोमा जोड दिदै सभामुख महराले गाउँ–गाउँ, नगर–शहर र जिल्ला–जिल्लामा खेलकुद मैदानहरू बनाउन राज्यस्तरबाटै पहल गर्नुपर्ने बताए। ‘विद्यार्थीकालमा आफूहरूको खेलकुद मैदान मकैबारी हुन्थ्याे।’

सभामुख महराले भने, ‘अहिले जिल्लाका प्राय जसो विद्यालयहरूमा खेल मैदान बन्न थालेका छन्।  रंगशाला निर्माण गर्न सकिने ठाउँहरूपनि प्रशस्त छन्।’  देशैभरिबाट रोल्पा पुगेका खेलाडीहरूलाई सम्बोधन गर्दै महराले भने, ‘तपाइँहरू सवै प्रदेशबाट रोल्पा आउनुभएको छ। विगतमा राजनीतिक परिवर्तनमा निकै योगदान गरेको रोल्पाले आज खेलकुदका माध्यमबाट एकता र शान्तिको सन्देश दिदैँछ। यहीँ सन्देश देशभर फैलाउनुहोस्।’

खेलकुद क्षेत्रले महिलालाई स्थापित गराएको छः  उपसभामुख कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले खेलकुद क्षेत्रले महिलालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा स्थापित बनाएको बताइन्। ‘खेलकुद क्षेत्रले नेपाली महिलालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराएको छ’ उपसभामुख तुम्बाहाम्फेले भनिन्, ‘महिला खेलाडीको प्रेरणाले नेपाली महिलाको सशक्तीकरण र अधिकारका पक्षमा लाग्न थप प्रेरित गरेको छ।’

आफ्नो पहिचानलाई स्थापित गर्दै रोल्पाले अहिले खेलकुदका क्षेत्रमा नयाँ काम गरिरहेको भन्दै उपसभामुख तुम्बाहाम्फेले रोल्पा सधैँ क्रियाशील र गतिशील भइरहनेमा विश्वास व्यक्त गरिन्। कार्यक्रममा प्रदेश सांसद दीपेन्द्र पुन ‘सिजल’, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टको पनि सहभागिता रहेको थियो।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको सभामुख कप भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ अलग-अलग गरी ७ वटै प्रदेशका १४ टोली, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोलीतर्फ महिला र पुरुषका अलग-अलग गरी ६ टोली सहभागी भएका छन्।
source:thahakhabar.com

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.