घनश्याम पौडेल ,बैशाख ३० अर्घाखाँची
नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघ स्थानिय संरचना अनुसार कार्यसमिती गठन गर्न लागेको छ । जस अन्र्तगत शनिबार मालारानी गाउपालीकाको खनदहमा भेला सम्पन्न गरेको छ । भेलाबाट रोमा खनाललाई अध्यक्षमा सर्वसम्मत चयन समेत गरेको छ । जसको उपाध्यक्षमा अमिना आचार्य, सचिवमा सरस्वता खनाल, सहसचिवमा सिता खनाल र कोषाध्यक्ष कल्पना पोख्रेल सहित २७ सदस्यीय कार्यसमिती चयन भएको महिला संघका जिल्ला अध्यक्ष शान्ता भण्डारीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा मनतब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कानले सवै महिलाहरु जागरुक भएर कांग्रेसलाई बलियो बनाउँन लाग्न आग्रह गर्नु भयो । उहाँले कांग्रेस मालारानीमा पराजय भएपनी स्थानिय तहले गरेका हरेक कामको निगरानी गर्न र सकारात्मकमा सहयोग, गलत काममा खवरदार गर्ने बताउनु भयो ।
कार्यक्रममा महिला संघका जिल्ला अध्यक्ष तथा कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, कांग्रेस जिल्ला सदस्य सिता भुसाल, संगिता बेल्वासे, कांग्रेस मालारानी गाउँपालिका संयोजक शोभाखर खनाल, शान्ता खनाल लगाएतले नयाँ कार्यसमितीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।