कर्मचारीहरुको सहयोग विना सरकारका नीति कार्यक्रम सफल हुँदैनन् – आचार्य

कर्मचारीहरुको सहयोग विना सरकारका नीति कार्यक्रम सफल हुँदैनन् : आचार्यअर्जुन भुसाल,अर्घाखाँची, वैशाख २९

 पाँच नम्वर प्रदेश सांसद तथा एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले कर्मचारीको सहयोग विना सरकारले ल्याएका नीति तथा कार्यक्रमहरु सफल हुन नसक्ने बताएका छन् ।  उनले अप्ठ्यारो परिस्थितिमा पनि कर्मचारीहरुले देश र नागरिकको पक्षमा काम गरेको भन्दै कर्मचारीहरुको भूमिकालाई अवमुल्यन गर्न नहुने बताए ।

नेपाल निजामति कर्मचारी संगठन जिल्ला समिति अर्घाखाँचीले आयोजना गरेको स्थानीय सरकारको कार्य सम्पादन र सुशासन विषयक अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीहरुलाई निष्पक्ष ढंगले उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए ।

उनले मुलुक २० वर्ष जनप्रतिनिधि विहिन भएको अवस्थामा समेत कर्मचारीहरुले कष्टका साथ कार्यसम्पादन गरेको स्मरण गर्दै कर्मचारीहरुले गरेका राम्रा कामको प्रशंसा गर्न कन्ज्युँसाइ गर्न नहुने बताए । मुलुक संघियतामा गइ सकेपछिको परिवर्तित संरचनामा कर्मचारीहरुलाई काम गर्न समस्या भएको प्रति आफू जानकार रहेको बताउँदै समस्याहरुलाई सामना गरेर काम गर्न आग्रह गरे । ‘प्रदेश सरकार कानून निर्माणमा लागेको छ’ उनले भने, ‘कानून नबन्दा काम गर्नमा समस्या आएको छ ।’

उनले विगतको सरकारले कानून निर्माणका लागि मस्यौदा तयार नगर्दा कानून निर्माण गर्न ढिलाइ भएको बताए । आचार्यले कर्मचारीलाई कुनै पनि किसिमका कमजोरीहरु नगर्न समेत निर्देशन दिए । गल्ती कमजोरी गर्ने कर्मचारीलाई पार्टीले संरक्षण गर्न नसक्ने भन्दै इमान्दारीताका साथ काम गर्ने कर्मचारीलाई आवश्यक सहयोग गर्न पार्टी पछि नपर्ने बताए । ‘कमीकमजोरी गर्ने कर्मचारी, संगठनमा अटाउन सक्दैन उनले भने, ‘कसैले गल्ती गर्छ भने त्यो तुरुन्तै कारवाहीको भागेदारी बन्छ ।’

अर्का प्रदेश सांसद रामजीप्रसाद घिमिरेले सरकारले अघि सारेको समृद्धिको अभियानलाई सफल तुल्याउन कर्मचारीहरुको सहयोग अपरिहार्य रहेको बताए । उनले कर्मचारीहरुले सबै नागरिकलाई समान व्यवहार गर्दै सेवा प्रवाह गर्नु पर्ने बताए । ‘कर्मचारीहरुले सेवाग्राहीलाई दुःख दिने, घुस खाने र भष्टाचार गर्ने काममा लागेको पाइन्छ’ उनले भने, ‘संगठनका कर्मचारीहरु त्यस्ता गलत कामका पछि लाग्नु हुँदैन ।’

संगठनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कविसिंह कठायतले कर्मचारीहरुलाई राज्यले बेलाबेलामा तुच्छ ढंगले व्यवहार गरेको बताए । उनले सेवाग्राहीलाई भए चिया, नभएर पानी खान मात्रै दिएर भए पनि सेवा दिन सुरु गर्नुपर्ने बताए । काठायतले जिल्लामा संगठनका सहिद कर्मचारीहरुको सम्मानमा पार्क निर्माण गरिने प्रतिवद्धता जायर गरे ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला कमिटी उपसचिव प्रेमनारायण गैरेले पछिल्लो समयमा कर्मचारी संगठनले आफ्ना गविधिहरु बढाएको भन्दै धन्यवाद दिए । उनले संगठनलाई सकारात्मक सहयोग गर्न पार्टी जुनसुकै बेला पनि तयार रहेको बताउँदै दत्तचित्तका साथ नागरिकको सेवामा लाग्न कर्मचारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा एमाले सचिवालय सदस्यहरु जनार्दन खनाल, पिताम्वर भुसाल, तिलक मिश्र, आधिकारीक ट्रेड युनियनका कार्यवहाक अध्यक्ष बलाराम मिश्रले मन्तव्य राखेका थिए । कार्यक्रम संगठनका अध्यक्ष चिरञ्जिवि अधिकारीको अध्यक्षता, उपाध्यक्ष अनिता थापको स्वागत मन्तव्य र सचिव दिलिप केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

नेपालमा संघीयता देखौली स्वरुप भएकोले देशका लागि घातक सावित हुन्छ -अध्यक्ष केसी

Image may contain: one or more people and outdoor
गोपाल प्रसाद भट्टराई,बैशाख–२८,
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता देखौली स्वरुप भएको भन्दै संघियता देशका लागि घातक सावित हुने दावी गर्नुभएको छ ।

Image may contain: one or more people, crowd and indoor

राष्ट्रिय जनमोर्चाको भातृसंगठन अखिल नेपाल युवक संघको पोखरामा जारी सातौ राष्ट्रिय सम्मेलन लाई उदघाटन गर्दै अध्यक्ष के.सी.ले नेपालको राजनीतिक इतिहासमा संघियता कहिल्यै एजेण्डा नबनेको उल्लखे गर्दै, पश्चिमा साम्राज्यवाद,छिमेकी भारतको विस्तारवादी नीति र योजना अनुसार नेपालको अन्तरीम संविधानलाई संशोधन गरी प्रवेश गराईको हुँदा संघीयता देखौली स्वरुप भएको जिकिर गर्नुभयो । देशको विषम परिस्थितिमा युवा शक्ति एकजुट भएर राष्ट्रियताको पक्षमा निर्धक्क उभिन,देश र जनताको हितको पक्षमा निरन्तर संघर्षरत रहन अध्यक्ष के.सी.ले युवाहरुलाई आग्रह गर्नुभएको छ । देशैभरबाट प्रतिनिधि र प्रर्यवेक्षक भेला भइ पोखरामा सुरु भएको युवक संघको सातौं राष्ट्रिय सम्मेलनले नयां नेतृत्व र नयां कार्यक्रम तय गर्ने आयोजकले जनाएको छ ।

Image may contain: 7 people, outdoor

Image may contain: 1 person, standing