उपराष्ट्रपति चिल्ड्रेन खेलकुदको उपाधि गौरीशंकर वोर्डिङ्ग स्कुलको हातमा

उपराष्ट्रपति चिल्ड्रेन खेलकुदको उपाधि गौरीशंकर वोर्डिङ्ग स्कुलको हातमा
सन्धिखर्क, २८ वैशाख – उपराष्ट्रपति चिल्ड्रेन खेलकुद प्रतियोगिताको उपाधि गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कुलले जितेको छ । ५ स्वर्ण, एक रजत, १ कास्य गरि कुल ७ पदकका साथ गौरीशंकरले उपाधि उचालेको हो । यस्तै ४ स्वर्ण, ३ रजत गरि ७ अंकका साथ सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुल द्वितिय भएको छ भने १ स्वर्ण र २ कास्य गरि कुल ३ पदकका साथ मदरल्याण्ड वोर्डिङ्ग तृतिय भयो ।

कुल १० स्वर्ण, १० रजत र १० कास्य गरि ३० पदकमा खेल भएको थियो । छात्र÷छात्रामा १ सय, २ सय मिटर दौड, लङजम्प, त्रिपलजम्प र सटपुट खेल खेलाइएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जनार्दन गैरेले बताए । प्रतियोगितामा छात्रतर्फ ३ स्वर्ण प्राप्त गरि गौरीशंकरका सुमन खड्का उत्कृष्ट खेलाडी बने ।

यस्तै छात्रातर्फ २ स्वर्ण र १ रजत प्राप्त गर्दै सन्धिखर्क ग्रिनकी विपना रायमाझी उत्कृष्ट घोषित भइन । प्रतियोगितामा कक्षा ६ देखि ८ सम्मका १४ वर्ष उमेर समुहका विद्यार्थी सहभागि भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धिप्रसाद भुसालले जानकारी दिए । उनले जिल्ला भरका १९ विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धामा भाग लिएको बताए ।

प्रतियोगितामा प्रथम,द्वतिय र तृतिय हुने विद्यालयलाई ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ । विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई मेडल र प्रमाण पत्रले पुरस्कृत गरियो । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विक, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रदिप डिसिले विद्यालय र विद्यार्थीहरुलाई पुरस्कृत गरे ।

पुरस्कार वितरण समारोहमा बोल्दै सन्धिखर्क नगरपालिकाका उपप्रमुख विकले खेल क्षेत्रको विकासले समग्र विकासमा ठूलो मद्दत पुग्ने बताए । उनले खेलकुदको विकासका लागि राज्यले प्रयाप्त वजेट विनियोजन गर्नु पर्नेमा जोड दिए । सन्धिखर्क नगरपालिकाले खेल क्षेत्रको विकासमा ध्यान पु¥याएको उनले बताए ।

गौरीशंकर वोर्डिङ्गका प्रिन्सिपल गणेश क्षेत्रीले विद्यार्थी र खेल शिक्षकको मेहनतले उपाधि हात पार्न सफल भएको बताए । उनले प्रथम उपराष्ट्रपति चिल्ड्रेन खेलकुद प्रतियोगिताको उपाधि जित्न सफल हुनुलाई उपलव्धीको रुपमा लिएको बताए ।

वोर्डिङ्गले यसअघि राष्ट्रपति रनिङ्गशिल्ड, सन्धिखर्क रनिङ्गशिल्ड लगायतले ठूला प्रतियोगिताका उपाधि समेत हात पार्न सफल भइरहेको छ । सभापन समारोह गौरीशंकर वोर्डिङ्गका शिक्षक शिब बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.