न्यायको पहुँच आम जनतासम्म पुर्‍याउन अदालत लागि परेको छ- न्यायाधीश पौडेल

 

श्याम घिमिरे अर्घाखाँची २६ बैशाख

जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश रामचन्द्र पौडेलले जनताको पहुँच सम्म न्याय क्षेत्रलाई पु¥याउनका लागि आफुहरु लागी परीरहेको बताउनु भएको छ । कानुन दिवसको अबसरमा जिल्ला अदालत अर्घाखाँचीको आयोजनामा न्यायीक सचेतना अभियान अन्र्तगत न्यायीक संबाद कार्यक्रममा जिल्लाकै शैक्षिक धरोहरको रुपमा रहेको पाणिनी बहुमुखी क्याम्पसमा विद्यार्थीलाई कानुन सम्बन्धी कुरा सिकाउदै न्यायधिस पौडेलले यस्तो बताउनु भएको हो ।

अदालतले गर्ने कामकारबाहीहरुको बारेमा बिद्यार्थी मार्फत न्यायका कुराहरुलाई आम जनता सम्म लैजाने प्रमुख उद्धेश्यका साथ सचेतना कार्यक्रमको आयोजना गरीएको भन्दै पौडेलले अदालतबाट जनतालाई प्रदानगरीने सेबा सुबिधामा कुनै प्रकारको ढिलासुस्ती हुन नदिन आफुहरु तत्पर रहेको बताउनु भयो । जनतालाई छिटो छरितो र जनमुखी न्याय दिनु अदालत को दायित्व भएको समेत उहाँले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायब उपरीक्षक एकनारायण कोईराला,सहायक जिल्ला न्यायधीबक्ता रोमकान्त ज्ञवाली, बार ईकाइका अध्यक्ष टंकप्रसाद पोख्रेल,सचिब जगनाथ भुसाल, बैतनिक अधिबक्ता केबि भुसाल , प्रमुख कोष नियन्त्रक शालिग्राम पौडेल, क्याम्पसका सहायक प्रचार्य बुद्धिराम भुसाल, पत्रकार श्याम घिमिरे,स्वबियु कोषध्यक्ष घनश्याम पौडेल लगायतले बिभिन्न बिषयबस्तुहरु माथी केन्द्रीत रहेर आ आफ्नो मनतब्य राख्नु भएको थियो । कार्यक्रम जिल्ला न्याधिश रामचन्द्र पौडेलको अध्यक्षता, श्रेस्तेदार मोहनप्रसाद बेल्वासेको स्वागत मनतब्य र सुचना अधिकारी टेकराज गैरेको सञ्चालन सम्पन्न भएको थियो ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.