प्रेमनारायण आचार्य ,अर्घाखाँची २५ बैशाख
ब्लड क्यानसरको उपचारमा आर्थिक अभाव भएकी अर्घाखाँचीको पाणिनि गाँउपालिका वाड नम्वर २ पोखराथोककी रोमा सुनारलाइ आर्थिक सहयोग प्रदान गरिएको छ ।
रोजगारीको सिलसिलामा कतारमा रहेका छत्रदेव गाँउपालिका ४ का हरिबहादुर बिकले उपचारमा सहयोग होस भनेर पठाएको ५५ हजार पाँच सय ११ रुपैया प्रदान गरिएको हो । हरिबहादुरका बुबा खुमबहादुर बिकले बिरामी रोमाका भाइ विनोद सुनारलाइ नगद ५५ हजार पाँच सय ११ रुपैया हस्तान्तरण गर्नु भयो ।
दलित र गरिब परिबारकी १३ बर्षिय रोमाको पाँच महिना देखि भरतपुर क्यानसर अस्पतालमा उपचार भैरहेको छ । उपचारको लागि धेरै पैसो चाहिने तर आर्थिक अभावले उपचारमा समस्या उत्पन्न भएको उनका भाइ विनोदले बताए । उनले भने सबैले सहयोग गरेमा दिदिलाइ बचाउन सकिन्थ्यो