बैदेशिक रोजगारी गरि फर्किएका युवाहरुसगं पालिकाले सहकार्यगर्ने

नबिन के.सी,अर्घाखाँची बैशाख २४
मालारानी गाउँपालिकाबाट बैदेशिक रोजगारीमा गएर फर्किएका तथा अन्य युवाहरुसंग सहकार्य गरि युबा स्वरोजगारकार्यक्रम सञ्चालन गर्ने गरि पालिकाले योजना बनाएको छ । मालारानी गाउँपालिकाका ९ वटै वडा बाट तीन जनाका युबाहरुको प्रतिनिधीत्व हुने गरि आईतबार पालिका स्तरीय युबा भेला आयोजना गरि आगामी बर्षको लागी युबाको क्षेत्रमा काम गर्नेे पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

युबाहरुलाई सहकारीमा आबद्ध गरि व्यबसायीक बनाई एक वडा एक उत्पादन गर्ने निती रहेको आचार्यले बताए । हामीले गर्ने कुनै काम कुनै सानो ठुलो नहुने भन्दै पुरानो सोच हटाउनु पर्नेमा जर्नादन खनालले जोड दिए ।

अब उत्पादन भएको बस्तुलाई प्रसोधन गरेर मात्र बिक्रि बितरण गर्नु पर्ने र मालारानीमा रहेका टिमुर ,चिराईतो ,पखन बेद जस्ता जडिबुटिलाई प्रसोधन तथा प्रचार प्रसार गर्नु पर्नेमा खनालले बताए । अब युवाहरु समुह बनाएर काम गर्ने बानीको बिकाश गरि निबार्ह मुखिबाट व्यबसायीक तर्फ अगाडि बढनु पर्नेमा सूर्यथुम संयुक्त क्यामपसका प्रमुख शालिकराम आचार्यले जोड दिए ।

अब समुह बनाएर काम गर्नु पर्दछ एक्लै भन्दा पनि बिदेशमा सिकेर आएको सिपलाई युबाहरुले आफनो भुमिमा उपयोग गरि सम्बृद्ध पालिका बनाउनु पर्नेमा आचार्यले जोड दिए । मालारानी गाउँपालिकाले युबाहरुलाई आव्यसक पर्ने प्रबिधी तथा सामाग्रीहरु दिन तयार भएको र अब यसो गर्दछौ भनि माग गर्न आउनु पर्नेमा उपाध्यक्ष प्रमिला क्षेत्रिले बताईन ।

युबाहरुका योजना छनौटका प्रक्रिया तथा युबा सञ्जालको कामको बारेमा कार्यक्रम अधिकृत नेत्र खनालले जानकारी गराएका थिए । युवाहरुको भाबना बुझन पालिकाले पहिलो पटक युबा भेला गरेकोमा खुसी लागेको युवा मधु खनालले बताए । ‘पालिकाले प्रतिनीधि मुलक रुपमा सबै वडा समाबेश हुने गरि यसरी भेला गरि युवा सञ्जाल गठन गरेकोमा खु ःसी लागेको छ । आफना अनुभबहरु साटेर हामीहरु बिच भएको सिपलाई सदुपयोग गर्ने छौ ’ । २७ सदस्य रहेको मालारानी गाउँपालिका स्तरीय युवा सञ्जाल गठन गरेको छ ।

सञ्जालले पालिका भित्र रहेका युवाहरुलाई समन्वय गरि योजना तथा पालिकालाई कुन क्षेत्रमा बजेट बिनियोजन तथा कार्यक्रमहरु गर्ने हरिशचन्द्र पाण्डेले बताएको पत्रकार नबिन के.सीले खबर पठाएका छन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.