पक्राउ परेका व्यवसायी हडताल गर्दिन भन्ने कागजमा सही गर्दै, छुट्दै

काठमाडौं, वैशाख २३ – यातायात जस्तो अत्यावश्यक सेवामा हडताल गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवसायी छुट्न थालेका छन् ।

अब हडताल नगर्ने शर्तमा उनीहरु छुटेका हुन् । सिन्डिकेटको पक्षमा आन्दोलनका क्रममा पक्राउ परेका, तर अब नियम कानुन अनुसार नै चल्ने सहमति गरेका व्यवसायी रिहा हन थालेका प्रहरीले जनाएको छ ।

देशभरबाट पक्राउ परेकामध्ये ५० जना बिभिन्न ठाउँबाट रिहा भएका प्रहरी प्रवक्ता मनोज नेउपानेले जानकारी दिनुभयो । शुक्रबार सार्वजनिक गाडी नचलाएर आन्दोलनमा उत्रेका एक सय भन्दा धेरै व्यवसायी पक्राउ परेका थिए । तीमध्ये कानुन बमोजिम चल्छु र आइन्दा हडताल गर्दिन भन्नेलाई कागज गराएर रिहा गर्न थालिएको उहाँले बताउनुभयो ।

कागज गर्न नमान्ने व्यवसायीको बारेमा भने अनुसन्धान गर्ने र कानुन अनुसार कारबाही गर्ने प्रहरी प्रवक्ता नेउपानेले बताउनुभयो ।  सरकारले अत्यावश्यक सेवा ठप्प पार्नेलाई एक वर्षको कैद सजाय र एक हजार रुपैयाँ जरिवाना हुने बताइसकेको छ ।source:ujyaaloonline

एन्फा अध्यक्ष बनेसँगै कर्माछिरिङसामु चुनौतीका चाङ

 

बैशाख २३, २०७५ अखिल नेपाल फुटबल संघ (एन्फा)मा  चार वर्षे कार्यकालका विजयी भएका कर्माछिरिङ शेर्पा  गणेश थापाको नेतृत्वकालमा कट्टर आलोचक थिए। अब आफैं फुटबलको बागडोर सम्हाल्ने ठाउँमा पुगेसँगै उनले उठाउँदै आएका विषयलाई कसरी सम्बोधन गर्छन् भने चासो सुरु भएको छ।

शनिबार सम्पन्न निर्वाचनबाट शेर्पाले ६३ मत प्राप्त गरे भने अध्यक्ष पदका लागि प्रतिस्पर्धाबाट बाहिरिसकेका मणि कुवँरले १२ मत प्राप्त गरे। लामो समयदेखि एन्फामा परिवर्तनको आवाज उठाउँदै आएका शेर्पाले सबै आफ्ना पक्षमा रहेका सदस्य तथा उपाध्यक्ष जिताउन सफल भए।

१२ सदस्य सहित ४ उपाध्यक्षमा शेर्पा समूहका निर्वाचित भएका छन्। जितपछि एन्फाका नवनियुक्त अध्यक्ष कर्मा छिरिङ शेर्पाले परिवर्तनको पक्षमा मतदान भएको भन्दै अब फुटबल विकासमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे। शेर्पाले भने  ‘हामीले फुटबल विकासका लागि  धेरै कुरा उठाएका छौँ। अब ती विषय पूरा गर्ने चरणमा छौं।’ शेर्पाले सोमबार कार्यसमितीको बैठक बस्दै लामो समय देखि सञ्चालनमा आउन नसकेको लिगलाई सञ्चालनमा ल्याउने विषयमा निर्णय गर्ने जानकारी पनि दिए।

साथै उनले विभिन्न नियमावली परिवर्तन गर्नुपर्ने भन्दै एन्फाले चाँडो नीतिगत निर्णय गर्दै फुटबलको विकासमा नयाँ गति दिने विश्वास दिलाए। पंकज नेम्बाङ, वीरवहादुर खड्का, कृष्ण बहादुर थापा र उपेन्द्रमान सिंह शेर्पासमूहबाट निर्वाचित हुने उपाध्यक्ष हुन्। त्यस्तै दावा लामा, निरोज खड्गी, पुर्णमान चित्रकार, रविन्द्र नाथ श्रेष्ठ, मधुसूदन उपाध्याय, प्रवेशसिंह राठौर, दिनश व्ययञ्जनकार, दीर्घबहादुर केसी (कुमार), किरण राई, विजय घले, रत्न कुमार श्रेष्ठ, र महिला सदस्यमा पेमा डोमा लामा सदस्यमा निर्विरोध निर्वाचित भए।
source: thahakhabar.com

राज्यले नागरिक माथि दमन गरे त्यसको प्रतिरोध गर्नुपर्छ -जिल्ला सेक्रेटरी घर्ती

अनिल नेपाली अर्घाखाँची
नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले सनिबार एक कार्यक्रमका बीच कोणसभा गरी बन्द खुलेको धोषणा गरेको छ । कोणसभालाई सम्वोधन गदै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्ती मगरले देशमा रानैनितिक स्थिरता नभएकोले नेपाली जनताले लडेर ल्याएकोे गणतन्त्र र लोकतन्त्रको धज्जी उडाउदै सरकारले फरक राजनैनिक आबस्था राखेको कारणले विना कारण घरमै बसेको अबस्थामा नेकपा दर्जनौ नेता कार्यकर्ता पक्राउ गरि मुद्धा लगाउनु दुखद भएको बताउनुभएको थियो। यस्ता सरकारका निरकुरा पञ्चायती शैलीमा नेकपा नेता कार्यकर्ता पक्राउ गरि दुख दिन थालेमा त्यसको जवाफदेही स्वयम सरकार हुनुपर्ने जिल्ला सेक्रेटरी घर्तीको भनाई रहेको थियो ।

यसरी कार्यक्रम मन्तब्य राख्नेमा जिल्ला सल्लाहकार टामलाल बस्याल विद्यार्थी नेता विष्णु राउत युवा नेता शकर शाही लगायतका नेताले कोणसभालाई सम्वोधन गदै राष्ट्रियताको पक्षमा आन्दोलन गर्दा कसैले आफुहरुमाथि प्रहार गर्न खोजेको खण्डमा आफु पनि पछि नहट्ने बताएका थिए राष्ट्रियताको पक्षमा रहि बन्द गर्नमा सहयोग पु¥याउने अर्घाखाँची बासी व्यापारी उद्योगी यातायात शिक्षणसंस्था कलकारखाना प्रति आभार व्यक्त अब राष्ट्रियताको पक्षमा एकजुट भई देश जोगाउनका लागि लाग्नुपर्ने बताएका थिए ।

बाढीले पावरा सिचाई कुलो बगायो

 

बीरेन्द्र केसी अर्घाखाँची २२ बैशाख
सितगंगा नगरपालिका वडा–१४ स्थित पावराटारा सिचाई योजनाको निर्माणाधीन बाध स्थल बाढीले बगाएको छ । पावरा गाउ“मा सिचाइको लागि पानी ल्याउन करिब सात किमी टाढाबाट कुलो निर्माण गरिदै थियो । बुधवार राती भाएको भीषण बाढीले निर्माण गर्दै गरेको बाध बाढीले लगाएर लगेको छ । करिब ८० मिटरको कुलो पुरै पुरेको छ । २०४४ सालमा कुलो निर्माण भएपछि पावरामा सिचाई सुविधा छ । आधुनिक बा“ध निर्माण गरी धेरै पानी ल्याउने उद्देश्यले सिचाई विकास डिभिजन कार्यालयको ८२ लाखको लगानीमा ठेक्का मार्फत काम भैरहेको थियो ।

योजना उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर खाम्चाकीका अनुसार बुधवार राती आएको ठुलो बाढीले निर्माण कार्य भैरहेको बा“ध स्थल बगाएर लगेको बताए । ९० प्रतिशत काम सम्पन्न भैसकेको थियो । जेठ पहिलो सातामै सबै काम सम्पन्न गरेर सिचाइ“ कुलो सञ्चालन गर्ने तयारी थियो । बाढीले बगाएपछि सबै काम शुन्यमा झरेको उनले बताए । निर्माणको लागि ठेक्का लिएका यु एण्ड आर शर्मा कन्ट्रक्सन प्रा.लि. का सञ्चालक श्रीहरी गौतमले सम्पन्न हुन लागेको काम बाढीले सुन्यतामा झारेको बताए ।

केही दिनमै काम सम्पन्न गरेर सिचाई डिभिजन कार्यालय र उपभोक्तालाई हस्तान्तरण गर्ने तयारी थियो । बाढीले गरेको सबै काम शुन्यमा झारिदिएको उनले बताए । १६ लाख रुपैया“को निर्मँण सामाग्री, औजार मेसिन, २० क्युन्टल छड, ४० थान जाली, २५ थान ढक्कन, ३० वटा वाटर प्रुफ मेसिन लगायतका सामाग्री पनि बगाएर लगेको उनले बताए । उपभोक्ताले पनि छ महिना देखि जनश्रमदान गरिरहेका थिए ।

पावरामा बस्नलाई राम्रो र उब्जनी राम्रोे हुने भएकाले जताजतैबाट यही बसाई सराई बढदो छ । जग्गाको भाउ महंगो नै छ । महिनौ दिनसम्म दैनिक जनश्रमदान गरेर कुलो निर्मँण गरिरहेका थियौ । बेलुकासम्म कामै गरेका थियौं, राती ठलो पानी आयो, विहान उठेर हेर्दा त बा“ध बगाएको र कुलो पुरेको अवस्थामा देखियो, उपभोक्ता ठग बहादुर राष्कोटीले बताए ।

राजमो द्वारा सन्धिखर्क ६ नरपानीमा छायां सरकार गठन

गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची २२ बैशाख

राष्ट्रिय जनमोर्चाले सन्धिखर्क ६ नरपानीमा वडा स्तरिय छायां सरकारको गठन गरेको छ । कागज र कानुनी ब्यबस्था परिवर्तन भएपनि मुलुकमा झुट र लुटको खेती मौलाउंदै गएको भन्दै राष्ट्रिय जनमोर्चाले सनिबार नरपानीमा अयोजना गरेको प्रशिक्षण भेलाबाट पदम के.सी.को संयोजकत्वमा ७ सदस्यिय वडा स्तरिय छांया सरकारको गठन गरेको हो ।

भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा प्रदेश ५ का सदस्य शेर बहादुर बि.सी.ले सिंहदरबारको अधिकार गाउंमा नारा लिएर जनतालाई सास्ती, जनप्रतिनिधि र कर्मचारीलाई मस्ती हुन नदिन आफुहरुले देशैभर छांया सरकार गठन गर्न लागेको बताउनुभयो ।जनता र राष्ट्रको ढुकुटि दुरुपयोग हुन नदिने आफुहरुको छांया सरकारको उद्धेश्य रहेको भन्दै उहांले भ्रष्ट्रचार अन्त्य गर्ने राजमोको अभियानमा साथ दिन जनतासंग अपिल समेत गर्नुभएको छ ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार यमलाल पोख्रेलले मुलुकमा संघियता फेल भइसकेको र पूर्ण रुपमा खारेज हुने भन्दै यदि त्यसो नभएमा देश र जनताले हार्ने बताउनुभयो ।

पूर्ण बहादुर चुदालीको अध्यक्षता,लेख बहादुर खत्रीको स्वागत मन्तव्य र पदम के.सी.को संचालनमा सम्पन्न भेलाले पुर्ण बहादुर चुदालीको अध्यक्षतामा १३ सदस्यिय राजमो वार्ड कमिटिको समेत गठन गरेको छ । जसको उपाध्यक्षमा नेत्र ब खड्का,सचीव भूपाल जि.सी.,सह–सचिव भूपाल बि.सी. र कोषाध्यक्षमा दीपक चुदाली चयन हुनुभएको खबरमा उल्लेख छ । यस्तै भेलाले भूपाल बि.सी.को अध्यक्षतामा २१ सदस्यीय अखिल नेपाल युवक संघ नरपानीको पनि गठन गरेको  छ ।