अनिल नेपाली अर्घाखाँची
नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले सनिबार एक कार्यक्रमका बीच कोणसभा गरी बन्द खुलेको धोषणा गरेको छ । कोणसभालाई सम्वोधन गदै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्ती मगरले देशमा रानैनितिक स्थिरता नभएकोले नेपाली जनताले लडेर ल्याएकोे गणतन्त्र र लोकतन्त्रको धज्जी उडाउदै सरकारले फरक राजनैनिक आबस्था राखेको कारणले विना कारण घरमै बसेको अबस्थामा नेकपा दर्जनौ नेता कार्यकर्ता पक्राउ गरि मुद्धा लगाउनु दुखद भएको बताउनुभएको थियो। यस्ता सरकारका निरकुरा पञ्चायती शैलीमा नेकपा नेता कार्यकर्ता पक्राउ गरि दुख दिन थालेमा त्यसको जवाफदेही स्वयम सरकार हुनुपर्ने जिल्ला सेक्रेटरी घर्तीको भनाई रहेको थियो ।
यसरी कार्यक्रम मन्तब्य राख्नेमा जिल्ला सल्लाहकार टामलाल बस्याल विद्यार्थी नेता विष्णु राउत युवा नेता शकर शाही लगायतका नेताले कोणसभालाई सम्वोधन गदै राष्ट्रियताको पक्षमा आन्दोलन गर्दा कसैले आफुहरुमाथि प्रहार गर्न खोजेको खण्डमा आफु पनि पछि नहट्ने बताएका थिए राष्ट्रियताको पक्षमा रहि बन्द गर्नमा सहयोग पु¥याउने अर्घाखाँची बासी व्यापारी उद्योगी यातायात शिक्षणसंस्था कलकारखाना प्रति आभार व्यक्त अब राष्ट्रियताको पक्षमा एकजुट भई देश जोगाउनका लागि लाग्नुपर्ने बताएका थिए ।