अर्घाखाँचीः सुशासन अभिवृद्धिमा केन्द्रीत नागरीक समाज

अर्घाखाँचीः सुशासन अभिवृद्धिमा केन्द्रीत नागरीक समाज

सागर परियार सन्धिखर्क, २३ वैशाख

जिल्ला स्थित नागरीक समाज संस्था यतिवेला जिल्ला तहमा सुशासन अभिबृद्धिमा केन्द्रीत भएका छन् । जिल्लामा रहेर शिक्षा, स्वास्थ्य र कृर्षि र बिपद व्यबस्थापनको क्षेत्रमा पैरवीको काम गर्दै आएका संघ संस्थाहरुले अहिले सेवाप्रवाह गर्ने निकायलाई ध्यानकृष्ट गराउने दवाफ दिदै सार्वजनिक सेवा प्रबाहमा प्रभावकारीता ल्याउने कार्यमा सक्रिय भएका हुन् ।

पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखाको सहजीकरणमा जिल्लामा सुशासन प्रर्बधनका लागि जिल्ला स्तरीय नागरीक सञ्जालको निर्माण भएसँगै यतिवेला जिल्लाका अन्य नागरीक समाज संस्थाहरु समेत सुशासन र जवाफदेहिता अभिबृद्धिमा केन्द्रीत भएको सञ्जालका संयोजक एवं श्रृजनशील अपांगता सरोकार केन्द्रका अध्यक्ष फर्सुराम पाण्डेले बताए ।

सञ्जालले सोमवार सन्धिखर्क नगरपालिका र जिल्ला अस्पताल अर्घाखाँचीमा ध्यानकर्षण पत्र बुझाएको छ । ध्यानकर्षण पत्रमा नगरक्षेत्रका स्वास्थ्य संस्थाहरु नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको अबधीभर खोल्नुपर्ने, स्वास्थ्य संस्थामा निशुल्क रुपमा पाइने औषधीमा पूर्ण रुपमा उपलब्ध गराउनुपर्ने र जिल्ला स्वास्थ्य कार्यालयको आफ्नै स्वामित्वमा फार्मेशी सञ्चालनमा ल्याउनुपर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयलाई ध्यानकर्षण पत्र बुझाइएको संयोजक पाण्डेले बताए ।

त्यस्तै सामुदायिक बिद्यालयमा बिभिन्न बाहानामा शुल्क लिइदै आइएको, सामुदायिक बिद्यालयका गुणस्तरबृद्धिका लागि अंग्रेजी माध्यमको शिक्षाको लागि शिक्षा नीति तथा कार्यबिधीमा समावेश गरी कार्यान्वयन गर्नुपर्ने माग राख्दै सन्धिखर्क नगरपालिकालाई ध्यानकर्षण पत्र बुझाइएको एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखा अध्यक्ष हृदयकुमार भुसालले बताए । नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्रयाप्त बजेट बिनियोजन गर्नुपर्ने पनि ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा जिल्लामा रहेका नागरीक समाज संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । संस्थाले जिल्लामा रहेका नागरीक समाज संस्थाहरुको सहभागिता अभिबृद्धि गर्न नीतिगत व्यवस्था, कार्यान्वयनको अवस्थामा तथा सार्वजनिक सेवा प्रवाहमा नागरीक सहभागिता अभिबृद्धि गर्ने काम गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजना जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.