झापा, वैशाख २१ – सिण्डिकेट व्यवस्था खारेजीको विरोध गर्दै राष्ट्रिय यातायात व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरूले लामो तथा छोटा दूरीका सवारीसाधन ठप्प पारेपछि सर्वसाधारण मर्कामा परेका छन् ।
झापाको काँकडभिट्टाबाट छुट्ने कुनै पनि सवारी साधन नचलेकाले सर्वसाधारण यात्रु मारमा परेका छन् ।
लामो तथा छोटो दूरीका सवारीसाधन नचल्दा यात्रुहरुले अटो र सिटी रिक्सालाई विकल्पका रुपमा प्रयोग गर्न पाएका छन् । तर महङ्गो भाडा तिर्न बाध्य छन् ।
सामान्यतया अन्य समयमा झापाको काँकरभिट्टाबाट बिर्तामोड सम्मको भाडा ३० रुपैयाँ पर्नेमा आज गाडी बन्द हुँदा यात्रुहरुले ४ सय देखि ५ सयसम्म भाडा तिर्नु पर्ने बाध्यता छ ।
अटो चालकहरुले भने अटो पेट्रोलले चलाउनु पर्ने र पेट्रोल महंगो परेका कारण आफूहरुले महंगो भाडा लिन परेको अटो चालक ममला धिमालको भनाई छ । source:ujyaloonline