गोपाल प्रसाद भट्टराई,बैशाख–२१,अर्घाखाँची
सुचना तथा संचार प्रविधि मन्त्रालय अन्तरगत सुचना विभागको आयोजनामा सन्धिखर्कमा आयोजित पत्रकारका लागि प्रमुख कानुन र आचारसंहिता विषयक तिन दिने तालिम बिहिबार सकिएको छ ।
संचार गृह र पत्रकारीता क्षेत्रलाई अझ बिश्वस्निय र सन्तुलित बनाउने उदेश्यका साथ संचालित तालिममा सहजीकरण गर्दै पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष डा.शुरेश आचार्यले समाजलाई सु–सुचित पार्ने संचार गृहका योद्धाहरु सधै आत्म अनुशासित बन्दै सत्य तथ्य र निष्पक्ष सुचना प्रवाहमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीको समन्वयमा जिल्लामा क्रियाशिल ४० जना पत्रकार तथा संचारकर्मीको सहभागिता रहेको तालिममा गाली बेइज्जती ऐन,सुचनाको हक,न्युनतम पारिश्रमिक ऐन,राष्ट्रिय प्रसारण ऐन लगायतका बिषयमा पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष डा. आचार्य,सुचना विभागका निर्देशक सुमन बर्जाचार्य,डा.विजय मिश्र,लगायतले प्रशिक्षण दिनुभएको थियो ।
तालिमको समापन गर्दै महासंघका जिल्ला अध्यक्ष हिम लेकालीले राष्ट्र र जनताको हितमा काम चलाउनु नै पत्रकारको धर्म भएकाले कसैको धम्की,प्रलोभनमा नपरि निर्धक्क भएर पेशामा लाग्न आग्रह गर्नुभएको छ ।उहांले नियम संगत काम गर्ने मिडिया र मिडियाकर्मीको बिपक्षमा हुने गतिबिधिलाई निस्तेज पार्न आफु जस्तोसुकै कदम चाल्नपनि पछाडि नहट्ने उद्घोष गर्नुभएको छ ।