रुपन्देहीमा यातायात व्यवसायीहरुको भागाभाग, तीन नेता पक्राउ

रुपन्देहीमा यातायात व्यवसायीहरुको भागाभाग, तीन नेता पक्राउ

भैरहवाः गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक सवारी बन्द गर्ने यातायात व्यवसायी समिती र संघका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएपछि रुपन्देहीका यातायात व्यवसायीहरु सम्पर्कविहीन भएका छन् ।

गृहमन्त्रीको निर्देशनलगत्तै प्रहरीले संघका र समितीका पदाधिकारीहरुलाई धमाधम पक्राउ गर्न थालेपछि अन्य व्यवसायी र पदाधिकारीहरु सम्पर्कविहीन भएका हुन् । रुपन्देहीका रहेको विभिन्न बस व्यवसायी संघ र समितिका पदाधिकारीहरुले मोबाइल स्विच अफ गरेका छन् भने कतिपयले फोन उठाएका छैनन् ।

व्यवसायीहरु सम्पर्कविहीन भएपछि रुपन्देही प्रहरीले उनीहरुको खोजीकार्य तीव्र पारेको जनाएको छ । व्यवासयीको खोजीका लागि जिल्लाभर सयौँ प्रहरी परिचालन गरिएको छ ।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले केही यातायात व्यवसायीहरुलाई पक्राउ गरिएको र थप व्यवसायीहरुको खोजीकार्य भइरहेको बताए ।

‘केही व्यवसायीहरुलाई पक्राउ गरेका छौँ र अन्यको पनि खोजीकार्य भइरहेको छ’, उनले भने, ‘नागरिकलाई दुःख दिने लुकेर बसेका व्यवसायीहरु पानी मुनी गएपनि छाड्दैनौँ ।’

गृहमन्त्री थापाको निर्देशनलगत्तै रुपन्देही प्रहरीले पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवन कुमार बन्जाडे, संघका महासचिव पदम गाहा मगर र बुटवल यातायात व्यवसायी समितीका उपाध्यक्ष अशोक कुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

यातायात व्यवसायी संघ, समितीले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै देशभर सार्वजनिक यातायात ठप्प पारेर जनतालाई दुःख दिएपछि गृहमन्त्रीले थापाले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई लिखित निर्देशन पठाउँदै अत्यावश्यक सेवा संचालन ऐन २०१४ अनुसार गाडी संचालन नगर्ने व्यवसायीहरुलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।source:annapurnapost

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.