काठमाडौं, वैशाख २१ – यातायात सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै मन्त्री थापाले आवश्यक ऐन २०१४ अनुसार कारवाही गर्नका लागि निर्देशन दिनुभएको हो । ऐनमा ६ महिनासम्म कैदसम्म गर्न सकिने व्यवस्था छ । हड्ताल गर्न उक्काउनेलाई एक वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ । source:ujyaaloonline