यातायात व्यवसायी महासंघका महासचिव सिटौला पक्राउ

काठमाडौं, वैशाख २१ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ पर्नुभएको छ ।

महासंघको शुक्रबार घर ग्यारेजमा सवारी थन्काउने कार्यक्रम थियो भने गृहमन्त्री रामबहादुर थापाले यातायात सेवा ठप्प पार्ने व्यवसायीहरुलाई पक्राउ गर्ने आदेश दिनुभएको थियो ।

उहाँलाई रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा भाग लिन आउँदा क्लबको कार्यालय परिसरबाटै पक्राउ गरिएको हो ।

सादा पोशाकमा आएका प्रहरीले सिटौलालाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकुमा लगेको छ । क्लबमा आउनुअघि उनले क्लबका अध्यक्ष ऋषि धमलालाई टेलिफोन गरेर पक्राउ पर्ने सम्भावना भएकाले कार्यक्रममा आउँ कि नआउँ भनेर सोधेका थिए ।

सरकारी निकायका सरोकारवाला पनि साक्षात्कारमा आउने जानकारी पाएपछि उहाँ रिपोर्टर्स क्लबमा जानभएको थियो । source:ujyaloonline

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.