अटो र सिटी रिक्साको मनपरि : ३० रुपैयाँको ठाउँमा ५ सय भाडा

झापा, वैशाख २१ – सिण्डिकेट व्यवस्था खारेजीको विरोध गर्दै राष्ट्रिय यातायात व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरूले लामो तथा छोटा दूरीका सवारीसाधन ठप्प पारेपछि सर्वसाधारण मर्कामा परेका छन् ।

झापाको काँकडभिट्टाबाट छुट्ने कुनै पनि सवारी साधन नचलेकाले सर्वसाधारण यात्रु मारमा परेका छन् ।

लामो तथा छोटो दूरीका सवारीसाधन नचल्दा यात्रुहरुले अटो र सिटी रिक्सालाई विकल्पका रुपमा प्रयोग गर्न पाएका छन् । तर महङ्गो भाडा तिर्न बाध्य छन् ।
सामान्यतया अन्य समयमा झापाको काँकरभिट्टाबाट बिर्तामोड सम्मको भाडा ३० रुपैयाँ पर्नेमा आज गाडी बन्द हुँदा यात्रुहरुले ४ सय देखि ५ सयसम्म भाडा तिर्नु पर्ने बाध्यता छ ।

अटो चालकहरुले भने अटो पेट्रोलले चलाउनु पर्ने र पेट्रोल महंगो परेका कारण आफूहरुले महंगो भाडा लिन परेको अटो चालक ममला धिमालको भनाई छ ।  source:ujyaloonline

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.