५ दिन भित्र प्याब्शन र एनप्याब्शनका पदाधिकारीले राजिनामा दिन अखिल छैठौं अर्घाखाँची द्धारा आग्रह

सन्धिखर्क एफएम अर्घाखाँची ,बैशाख १७

अखिल छैठौं अर्घाखाँचीले प्याब्शन र एन प्याब्शनका जिल्ला समितिको राजिनामा माग गरेको छ । नेपालको संविधानमा कक्षा ८ सम्म निःशुल्क र अनिवार्य शिक्षा,कक्षा १२ सम्म निःशुल्क शिक्षा पाउने मौलिक हक अनुसार निजि शिक्षण संस्थालाई सरकारीकरण गर्नुपर्ने र त्यसो गर्दा प्याब्शन र एन प्याब्शनको आवस्यकता नपर्ने भन्दै राजिनामाको माग गरेको अखिल छैठौं अर्घाखाँचीले जनाएको छ ।

संविधानले गरेको ब्यबस्थालाई कुल्चदै आफु अनुकुल गर्ने अधिकार सरकार,निजि क्षेत्र वा जो कसैलाई पनि नभएकोले शिक्षामा देखिएको बिभेदकिरणको अन्त्य र शैक्षिक ब्यापारिकरणको अन्त्य गर्न अखिल छैठौंको केन्द्रिय समितिले नै देशैभरका निजि शिक्षण संस्थाका संघ संगठनहरुको खारेजिको माग गरको हुनाले आफुहरु ले सोही अनुसार अर्घाखाँचीका प्याब्शन र एन–प्याब्शन जिल्ला समितिको राजिनामा माग गरेको अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईले बताउनुभएको छ ।

निजि शिक्षण संस्थाले विद्यार्थी,अभिभावक तथा सरोकारवाला कसैलाई जानकारी नगराई,सरकारी निकायबाट स्विकृति नलिइ हरेक बर्ष चर्को गर्दै आएको र त्यसमा प्याब्शन र एन प्याब्शनले निर्देशन गरेको,पाठ्यपुस्तक,स्टेश्नरी र ड्रेसमा सिन्डिकेट खडा गरेको र शैक्षिक ब्यापारिकरणलाई बढवा दिंदै आएको आरोप लगाउंदै ५ दिन भित्रमा सम्पूर्ण पदाधिकारीको राजिनामा दिन आग्रह गरिएको खबरमा उल्लेख छ ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.