बिक्रम पान्डे समानता अर्घाखाँची,१५ बैशाख
कमला माध्यमिक बिधालय पाली अर्घाखाँची को ६६ औ वार्षिकोत्सब समारोह सनिबार एक कार्यक्रम का बीच सम्पन्न भएको छ ।
बिधालय ब्यवस्थापन समितिका अध्यक्ष रमेश खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पाणिनी गाउँ पालिका वडा न ८ का वडा अध्यक्ष मिनराज आत्रेय रहनु भएको थियो ।
कार्यक्रममा बिधालयका प्रधानाध्यापक गोबिन्द राज पन्थीले बिधालयको आर्थिक तथा शैक्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । साथै कार्यक्रममा शैक्षिक सत्र २०७४ मा विभिन्न बिधामा उत्कृष्ट छात्र छात्राहरुलाइ पुरस्कर तथा सम्मान पनि गरिएको थियो ।
वार्षिकोत्सबको अवसरमा आयोजना भएका विभिन्न खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा सर्वोकृष्ठ विद्यार्थीलाइ समेत अक्षयकोष संचालकहरुबाट पुरस्कृत गरिएको थियोे । कार्यक्रम शिक्षक जनार्दन न्यौपानेको सन्चालकनमा सम्पन्न भएको हो ।