घनश्याम पौडेल अर्घाखाँची ९ बैशाख
पाणिनी गाउँपालिकामा पशु सेवा तर्फको आगामी आर्थिक वर्षमा योजना तर्जुमा गर्नका लागी सरोकारवालहरुसँग अन्तरक्रिया गोष्ठी पोखराथोकमा सम्पन्न भएको छ ।
आगामी आवका लागी ल्याउँने कार्यक्रम वितरणमुखी नभई उत्पादन मुखी हुनु पर्ने र अनुदान पनी उत्पादन मुखी क्षेत्र हेरेर वितरण गरीने गाउँपालिका अध्यक्ष अच्यूत गौतमले बताएका छन्। गोष्ठीमा योजना तर्जुमा गर्दा ध्यान दिनुपर्ने विविध विषयहरुमा कार्यक्रम पेश गर्दैै जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीका वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलले पशु विकास सम्भावना र गर्नुपर्ने कार्यका बारेमा प्रकाश पारे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले गाउँपालिकामा हुन सक्ने पशु विकासका लागी आफनो तर्फबाट पुर्ण सहयोग गर्ने बताए । गोष्ठी पाणिनी गाउँपालिका पशु सेवा शाखाका प्रमुख हिताराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा पोखराथोकका वडा अध्यक्ष नेत्र भट्टराई, छुर्पि व्यवसायी तिलक गैरे, पशु सेवाका मदन सिं यादवले समृद्ध बन्न पशुपालन पनीस् महत्वपुर्ण भएकाले गाउँपालिकाले ध्यान दिनुपर्ने बताए ।
सोही अवसरमा केयुविकेको ५० लाखको सहयोगमा पोखराथोकमा नवनिर्मित पशु सेवा केन्द्र भवनको जिल्ला पशु सेवा कार्यालयका डा। लोकनाथ पौडेलले वौद्धिक पुजा गरी उद्घाटन गर्नुभएको थियो ।