श्याम घिमिरे ,अर्घाखाँची ७ बैशाख
सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मुल संस्थाको आयोजनामा आज सन्खिर्कमा खानेपानी ब्यबस्थापनमा समिति र कर्मचारीको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठको अध्यक्षता र सचिब कमल प्रसाद घिमिरेको सन्चालनमा सम्पन्न कार्यक्रममा बरीष्ठ उपाध्यक्ष रामबहादुर रायमाझी,उपाध्यक्ष नेत्र प्रसाद भट्टराई,कोषाध्यक्ष कृष्णप्रसाद अर्याल,सहसचिब बसन्ता पौडेल,सदस्य श्रीकृष्ण भुसाल र कर्मचारीको तर्फबाट कार्यालय प्रमुख कृष्णप्रसाद आचार्य लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रममा खानेपानीको बितरण, ब्यबस्थापन, संस्था र समुदाय बिचको सम्बन्ध ,समिति र कर्मचारीको भुमिका,जिम्मेवारी,समस्याको पहीचान जस्ता महत्वपुर्ण बिषयमा केन्द्रीत रहेर सम्पन्न गरीएको अन्र्तक्रियाले संस्थालाई आगामी दिनमा ब्यबस्थीत रुपमा सन्चालन गर्ने निर्णय गरीनुका साथै सुझाब पेटीका समेत राख्ने निर्णग गरीएको संस्थाका सचिब कमलप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।