ज्ञान प्रकाश माविमा आई सि टी ल्याव ब्यवस्थापन कार्यक्रम सम्पन्न

समान्ता पाण्डे बैशाख ७अर्घाखाँची
जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले आर्थिक वर्ष २०७४ र ०७५ को लागी जिल्लाका रहेका २० सामुदायक विद्यालयमा आई सि टी ल्याव हस्तान्तरण गरी सम्झौता भएको र त्यस अन्तर्गत पर्न सफल जिल्लाको सन्धिखर्क नगरपालीका वडा नं. १२ मा रहेको श्री ज्ञान प्रकाश माध्यमिक विद्यालय सल्लिकोटले आई सि टी ल्याव ब्यवस्थापनको कार्यक्रम सम्पन्न गरेको छ ।

ज्ञान प्रकाश माविमा आई सि टी ल्याव ब्यवस्थापन कार्यक्रम सम्पन्न
विद्यालयमा नयाँ कम्प्युटर , ई एटेन्डेन्स् , प्रिन्टर मेसीन , ल्यवटप , वालविकासको लागी एल.इ.डी.टि.भि , ई लाइब्रेरी सरभर , साइन्स् म्याथ किड्स , फर्निसीङ जस्ता सामाग्री जडान कार्य सकिएको बताइएको छ ।

विद्यायलका प्रधानाध्यापक सूर्य बहादुर खनालले आईसिटीको प्रयोगबाट शिक्षण र सिकाइको अवस्था सुधार हुने बताए । उनले भने ,सूचना तथा सञ्चार प्रविधिले विद्यालयस्तरमा सिकाइको अवस्थामा सुधार ल्याउने मात्र होइन कि विद्यालय छोडिसकेपछि पनि उनीहरूलाई यसले परिस्थिति अनुकूलन हुन मद्दत पुर्याउँछ । प्रअ खानलले आईसिटीको प्रयोगले विद्यार्थीको सिकाई कृयाकलापमा समेत सहयोग पुग्ने बताए । उनले शैक्षिक सत्र ०७५को लागी विद्यार्थी भर्ना कार्यक्रम धमाधम भैरेको जानकारी दिएका छन् ।

वालवालिका विद्यालय भर्ना गर्नको लागी सम्पुर्ण अभिभावक ज्यूहरुलाई समेत विद्यालयले आग्रह गरेको छ । जिल्लामा कक्षा ८ , ९ र १० मा अङग्रेजी र नेपाली दुबै माध्यमबाट सेक्सन छुट्टयाई पठन पाठन हुने एक विद्यालय भनेको ज्ञान प्रकाश माध्यमिक विद्यालय मात्र भएको समेत विद्यालयका प्रअ खनालले जानकारी दिएका छन् ।
जिल्लामा आई सि टीको हस्तान्तरण तथा सम्झौता गरी कक्षा संचालनको लागी भनि जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले २० विद्यालयहरुलाई छानेको थियो ।

नेपाल विद्यार्थी संघ अर्घाखाँचीले ४९ औ स्थापना दिवस मनायो

घनश्याम पौडेल अर्घाखाँची बैशाख ६ 

नेपाल विद्यार्थी संघ अर्घाखाँचीले ४९ औ स्थापना दिवस जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम गरी मनाएको छ । शैक्षीक धरोहरका रुपमा परिचित पाणिनी बहुमुखी क्याम्पसमा हाजीरी जवाफ प्रतियोगीता सम्पन्न गरको छ ।

डष्टवीन र कापी वितरण गरेर नेविंसघ अर्घाखाँचीले मनायो स्थापना दिवस

७ समुहको सहभागिता रहेको हाजिरीजवाफमा राजन महत्राको समुह प्रथम, सूर्मिला थापाको समुह द्धितिय र चेतनारायण भुसालको समुह तृतिय भएका हुन । कार्यक्रममा मन्तव्य राख्दै कांग्रेसका जिल्ला सभापती विष्णु मुस्कानले विद्यार्थी आन्दोलनको नेतृत्व गरेको नेविसंघले विद्यार्थीहरुको हक र हितका लागी काम गरेकोमा धन्यवाद दिदै पार्टीबाट हुने सहयोग गर्ने बताउँनुभयो ।

क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्रीले रचनात्मक क्रियाकलापले पनी विद्यार्थीको सिकाईमा सहयोग पुग्ने बताए । कार्यक्रममा ट्रेड युनियन कांग्रेस पाचँ नम्बर प्रदेशका सचिव नन्दराम भट्टराई, नेविसंघका जिल्ला अध्यक्ष युवराज पाण्डे, उपाध्यक्षद्धय नेत्र मरासिनी, सुरज रायमाझी, स्ववियु सभापती लक्ष्मण खड्का लगाएतले नेविंसघले जिल्लाभर गरेको कार्यक्रमको प्रशंसा गरे ।

कार्यक्रम नेविसंघ पाणिनी बहुमुखी क्याम्पस मुल इकाइ समितीका अध्यक्ष रुद्रमणि भुसालको अध्यक्षता, स्ववियु कोषाध्यक्ष घनश्याम पौडेलको सञ्चालन र सदस्य अनिशा शाहीको स्वागतमा सम्पन्न भएको हो । नेविंसघले स्थापना दिवसको दिन आजबाट जिल्लाभरका माध्यमिक विद्यालयमा डष्टवीन वितरण र आज भर्ना हुन आएकालाई कापी वितरण गरेको छ ।

“कक्षा कोठा सरसफाई नेवि संघको अभियान, विद्यालय सफा राखी बढाउनेछौ विद्यार्थीको स्वाभिमान” भन्ने मुल नारा लिई देश नै पुर्ण सरसफाईको बाटोमा उन्मुख रहेको सन्दर्भलाई सार्थक तुल्याउने अभियान जिल्लाभरका माध्यमिक विद्यालयममा गरिएको जिल्ला अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

क्यानकाे विधान जस्ताको त्यस्तै पारित : निलम्बन फुकुवा हुने सम्भावना बढ्यो

काठमाडौं, वैशाख ६ – नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभाले संशोधित विधान जस्ताको त्यस्तै पारित गरेको छ ।

बिहीबार काठमाडौंमा भएको साधारणसभाले संशोधित विधान जस्तोको त्यस्तै पारित गरेको हो । साधारणसभाका अधिकांश प्रतिनिधिले आईसीसीले भनेअनुसारकै विधान पेश भएकोले यसैलाई पारित गर्नुपर्ने धारणा राखेपछि बिहीबार नै विधान पारित  गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले असहमति जनाएका बुँदालाई हटाएर तयार पारिएको नयाँ विधानलाई साधारणसभाले पारित भएपछि क्यान निलम्बन फुकुवा हुने सम्भावना पनि बढेको छ ।

यसअघिको विधानमा रहेको पुरानो कार्यसमितिका १७ जना र राखेपका ७ जनाले निर्शत भोट हाल्न पाउने  र उनीहरु उम्मेदवार पनि हुन पाउने व्यवस्था रहेकोमा अब पुरानो कार्यसमितिका १७ र राखेपका ७ जनाले मताधिकार र उम्मेदवार बन्न तल्लो तहदेखि नै प्रक्रिया पूरा गर्नुपर्ने  व्यवस्थासहितको विधान पारित भएको छ  ।

यस्तै क्यानको चुनाव अनुगमनको लागि पहिले ७ सदस्यीय अनुगमन टोली बनाउने उल्लेख भएकोमा नयाँ विधानमा आईसीसीका ३ जना, राखेपका १ जना र निर्वाचित भनिएको क्यानका १ जना रहने गरी ५ सदस्यीय समिति बनाउने उल्लेख छ । चुनावको लागि बन्ने ५ सदस्यीय समितिले जिल्लामा भैसकेको चुनावको पनि अध्ययन गर्ने र समस्या रहेका जिल्लामा समाधानको पहल गर्नेछ ।

यस्तै, मस्यौदामा नयाँ साधारण सदस्यको योग्यता, प्रदेशमा क्रिकेट संघको गठन, सदस्यता शुल्कलगायतका कुरा पनि आईसीसीले भने जस्तै गरी राखिएको छ ।विधान पारित भएसँगै नेपाली क्रिकेटमाथिको निलम्बन हट्ने सम्भावना बढेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो ।

साधारणसभाले सहमति बमोजिम विधान पारित गरेमा आईसीसीले आउँदो जुन महिनामा हुने वार्षिक साधारणसभामा क्यानको निलम्बन फुकुवा गर्ने प्रस्ताव लैजाने बताइसकेको थियो । source:ujyaaloonline

स्वयम्भूमा लुकेर बसेका ‘सांसद’ दीपक मनाङ्गे पक्राउ

काठमाडौं वैशाख ६ – दीपक मनाङ्गे स्वयम्भूको तीनधाराबाट पक्राउ परेका छन् ।

प्रदेश चारको सांसदसमेत रहेका दीपक मनाङ्गे स्वयम्भूमा रहेको एउटा घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका महानगरीय प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

मनाङ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालतले पाँच वर्षको जेल सजाय सुनाएको थियो । पुनरावेदनको फैसलालाई गएको माघमा सर्वोच्च अदालतले सदर गरेको थियो । सर्वाेच्चकाे फैसलापछि मनाङ्गे फरार रहेका थिए ।

मनाङ्गेलाई थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ ।

source :ujyaaloonline

मलेसिया उड्न लागेको जहाज घाँसे मैदानमा जोतियो (फोटोसहित)

काठमाडौँः त्रिभुवन विमानस्थलमा एउटा जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

ap

उडानका क्रममा टायरमा समस्या आएपछि घाँसे मैदानमा पुगेर भासिएको मालिन्डोको जहाज ।

 

उड्नका लागि धावनमार्गतर्फ गुडिरहेको मालिन्दो एयरको अगाडिको जहाजको टायरमा समस्या आएपछि चिपलिएर घाँसे मैदानमा पुगी भासिएको हो । जहाज चिप्लिएर घाँसै मैदानतर्फ पुगे पनि ठुलो दुर्घटना भने टरेको छ ।

२० अर्थात उत्तरी क्षेत्रबाट राति ९ बजेर ४५ मिनेटमा उड्ने तयारीमा रहेको रनवेमा कोटेश्वरतर्फको ०२ अर्थात दक्षिणी क्षेत्रतर्फ गइरहेको थियो । मोडिएर उत्तरतर्फ लाग्ने बेलामा अगाडिको टायरमा समस्या आएपछि जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

घाँसे मैदानमा पुगेको जहाजको अगाडिको भाग भासिएको छ । घटनापछि त्यहाँ तत्लका एम्बुलेन्स, अग्निनियण्त्रक र सुरक्षाकर्मीसहितको ठुलो टोली उद्दारका लागि पुगेको थियो । उद्दारका लागि पुगेका सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीले सबै यात्रुलाई सकुशल निकालेका छन् ।

त्रिभुवन विमानस्थल प्रशासनले जहाज चिप्लिए पनि सबै यात्रु सकुशल रहेका जनाएाको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले दुर्घटना टरेको बताएका छन् ।

‘उडान गर्ने बेलामा जहाजको चक्कामा समस्या आएपछि टेकअफ नगरी पाइलटले पार्किङतर्फ लगेका छन्’, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘उड्नै लाग्दा समस्या आएको जहाजको मर्मत भइरहेको छ, मर्मत सकिएपछि आजै  जहाज मलेसिया जाने विश्वास लिएका छौँ ।’

क्वालालाम्पुर उड्न लागेको जहाजमा १३३ जना यात्रु सवार थिए । उनीहरु सबैलाई जहाजबाट निकालिएको छ । जहाजमा रहेका सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल रहेका छन् ।

यसअघि फागुन २८ गते बंगलादेशको ढाकाबाट काठमाडौँका लागि आएको युएस–बंगला विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा नेपाली र बंगलादेशीसहित ५१ जनाको ज्यान गएको थियो ।

सबै उडान होल्ड

मालिन्डोको जहाज धावनमार्गमा जोतिएपछि त्रिभुवन विमानस्थल प्रशासनले उड्ने र अवतरणको तयारीमा रहेका सबै उडानलाई होल्ड गरेको छ । धावनमार्ग नजिकै भासिएको मालिन्दोको जहाजलाई हटाएपछि मात्रै उडान भर्ने तयारी विमानस्थल प्रशासनले गरेको छ । त्यहीकारण मध्यराति हुने धेरै उडानहरु रोकिएका हुन् ।

source:annapurnapost