घनश्याम पौडेल ७ बैशाख अर्घाखाँची
अर्घाखाँची जिल्ला अदालतले जिल्लाको छत्रदेव गाउँपालिकाका जनप्रतिनिधीलाई कानून सिकाएको छ । छिटो छरितो न्याय, सवैको लागी न्याय, समुदायमा न्याधिश भन्ने नाराका साथ न्यायिक संवाद कार्यक्रममा छत्रदेव गाउँपालिकाका जनप्रतिनिधीको उल्लेखनीय उपस्थित रहेको थियो ।
गाउँपालिकाको सार्वजनिक मावि छत्रगन्जमा भएको कार्यक्रममा जनप्रतिनिधीका गुनासा सुनेपछि जिल्ला अदालत अर्घाखाँचीका न्यायधिस रामचन्द्र पौडेलले जनतालाई न्यायीक पहुचमा ल्याउनका लागि घरदैलो अभियान सञ्चालन गरेको बताउदै जनप्रतिनिधीले सिकेको कुरा गाउँमा लगेर सिकाउँन आग्रह गर्नुभयो ।
उहाँले अझै पनि ग्रामिण दुर दराजका नागरिक अदालत सम्म आउन नसकेकाले हातेमालो गर्न जरुरी रहेको उल्लेख गर्दै अव देखि अर्घाखाँची अदालतमा आउन कुनै डराउनु नपर्ने, साथसाथै कम समय, निशुल्क न्याय जनताले पाउन सक्ने बताउँनुभयो ।
गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले गाउँपालिकाको द्रोसो नगरसभावाट सवै क्षेत्रलाई समेटेर कानुन बनाई कानुनमा टेकेर काम गर्ने बताउँनुभयो ।
न्यायिक समितीका संयोजक तथा उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले गाउँपालिकाले ८ वटा मुद्धा मेलमिलाप गरेर मिलाएको र ३ वटा मुद्धा दर्ता भएको बताउँनुहुदैँ सामान्य मुद्धा गाउँपालिकामै मेलमिलाप गर्ने बताउँनुभयो ।
कोलेनिकाका प्रमुख शालिग्राम पौडेल, जिल्ला न्याधिवक्ता रोमाकान्त ज्ञवाली, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्त, वारका अध्यक्ष टंक पोख्रेल, बारका केन्द्रीय प्रतिनिधी केवि भुसाल, नासु केशवराज भुसाल, डिट्ठा अनिता थापा, मेलमिलाप कर्ता सहयोगी विसी, पत्रकार घनश्याम पौडेल लगाएतले सवैभन्दा महत्वपुर्ण मेलमिलाप नै हुने भएकाले मेलमिलाप गरेर मुद्धा मिलाउँनुपर्ने बताए ।
कार्यक्रममा वडा अध्यक्षहरु कमल पौडेल, बालकृष्ण श्रेष्ठ, तेजनाथ खनाल, प्रकाशराज पन्थी, राजेश पन्थी, वडा सदस्य कृष्ण पौडेल, कार्यपालिका सदस्य सुन्तली विक, सावित्रा केसी लगाएतले गाउँपालिकामा व्यवहारीक र कानूनी ज्ञानको कमीले न्याय सम्पादन कार्य प्रभावकारी नभएको बताए ।
कार्यक्रम जिल्ला अदालत अर्घाखाँचीका न्याधिश रामचन्द्र पौडेलको अध्यक्षता, श्रेष्तदार मोहनप्रसाद बेल्वासेको स्वागत र सूचना अधिकारी टेकराज गैरेको सञ्चालनमा सम्पन्न भएको हो ।