क्यानकाे विधान जस्ताको त्यस्तै पारित : निलम्बन फुकुवा हुने सम्भावना बढ्यो

काठमाडौं, वैशाख ६ – नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभाले संशोधित विधान जस्ताको त्यस्तै पारित गरेको छ ।

बिहीबार काठमाडौंमा भएको साधारणसभाले संशोधित विधान जस्तोको त्यस्तै पारित गरेको हो । साधारणसभाका अधिकांश प्रतिनिधिले आईसीसीले भनेअनुसारकै विधान पेश भएकोले यसैलाई पारित गर्नुपर्ने धारणा राखेपछि बिहीबार नै विधान पारित  गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले असहमति जनाएका बुँदालाई हटाएर तयार पारिएको नयाँ विधानलाई साधारणसभाले पारित भएपछि क्यान निलम्बन फुकुवा हुने सम्भावना पनि बढेको छ ।

यसअघिको विधानमा रहेको पुरानो कार्यसमितिका १७ जना र राखेपका ७ जनाले निर्शत भोट हाल्न पाउने  र उनीहरु उम्मेदवार पनि हुन पाउने व्यवस्था रहेकोमा अब पुरानो कार्यसमितिका १७ र राखेपका ७ जनाले मताधिकार र उम्मेदवार बन्न तल्लो तहदेखि नै प्रक्रिया पूरा गर्नुपर्ने  व्यवस्थासहितको विधान पारित भएको छ  ।

यस्तै क्यानको चुनाव अनुगमनको लागि पहिले ७ सदस्यीय अनुगमन टोली बनाउने उल्लेख भएकोमा नयाँ विधानमा आईसीसीका ३ जना, राखेपका १ जना र निर्वाचित भनिएको क्यानका १ जना रहने गरी ५ सदस्यीय समिति बनाउने उल्लेख छ । चुनावको लागि बन्ने ५ सदस्यीय समितिले जिल्लामा भैसकेको चुनावको पनि अध्ययन गर्ने र समस्या रहेका जिल्लामा समाधानको पहल गर्नेछ ।

यस्तै, मस्यौदामा नयाँ साधारण सदस्यको योग्यता, प्रदेशमा क्रिकेट संघको गठन, सदस्यता शुल्कलगायतका कुरा पनि आईसीसीले भने जस्तै गरी राखिएको छ ।विधान पारित भएसँगै नेपाली क्रिकेटमाथिको निलम्बन हट्ने सम्भावना बढेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो ।

साधारणसभाले सहमति बमोजिम विधान पारित गरेमा आईसीसीले आउँदो जुन महिनामा हुने वार्षिक साधारणसभामा क्यानको निलम्बन फुकुवा गर्ने प्रस्ताव लैजाने बताइसकेको थियो । source:ujyaaloonline

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.