श्याम घिमिरे ,अर्घाखाँची ७ वैशाख
पहिलो पाईला समृद्धिको, आधार सुरक्षित भविष्यको’ भन्ने मुल नाराका साथ ‘एनएमबी बैंक एक घर एक खाता अभियान’ कार्यक्रम बिहिबार जिल्लाको सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा आएका नेपाली चलचित्रका महानायक राजेश हमाललाई सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले खादा ओढाई स्वागत गरेका थिए ।
कार्यक्रममा हमालले स्वही दिन खाता खोल्नेहरुलाई आफ्नै हातले चिठ्ठा थुतेर लक्की ड्र मार्फत विजेताको लागि चाँदीको सिक्का टोपी लगायतका उपहार हमालकै हातले वितरण समेत गरेका थिए । हमालले एनएमबी बैंक देशको विश्वासिलो,सजिलो र भरपर्दो बैंक भएको बताउदै बैंकको प्रशंसा पनी गरेका थिए ।
कार्यक्रममा नेपाली तारा सिजन २ का कलाकार सन्तोष लामाले गित मार्फत सयौ दर्शकहरुलाई मनोरञ्जन समेत दिलाएका थिए । यस अभियानले जिल्लामा बैंकलाइ माथि उठाउन टेवा पुग्न्ने अर्घाखाँची शाखाका प्रमुख नगेन्द्र प्रसाद पौडेलले बताए ,हाल अर्घाखाँची शाखामा करीब ८ हजार ब्यक्तीहरुले खाता सन्चालन गरेको बैंकका कर्मचारी कृष्ण प्रसाद खनालले जनकारी दिए ।