भूमिकास्थान नगरपालिका वडा स्तीय क्रिकेट प्रतियोगिता सम्पन्न

भूमिकास्थान नगरपालिका वडा स्तीय क्रिकेट प्रतियोगिता सम्पन्न

विनोद गैरे बैशाख ५ अर्घाखाँची 

नुवाकोट दिपज्योती यूवा परिषद भुमिकास्थान नगरपालिका–नुवाकोटको आयोजना तथा भूमिकास्थान नगरपालिकाको कार्यालय नुवाकोट, अर्घाखाँचीको समन्वयमा बैसाख १ गते देखि संचालित अन्र्तर वडा स्तीय क्रिकेट प्रतियोगिता  सम्पन्न भएको छ ।

प्रतियोगितामा भूमिकास्थान नगरपालिका वडा नं. ४ धारापानीको समुह प्रथम वडा नं. ७ नुवाकोटको समुह द्वितीय, वडा नं. ८ नुवाकोटको समुह तितृय र वडा नं. १ ढाकावाङ्गको समुह सान्त्वना भएका छन् । त्यस्तै खेल अवधिभर अनुसासित र मर्यादित ढंङ्गवाट खेल प्रर्दशन गर्ने वडा नं. ४ धारापानीको समुहका जिवन आले उत्कृष्ट खेलाडी, वडा नं. ८ नुवाकोटका विजय सारु उत्कृष्ट व्याट्सम्यान र वडा नं. ८ नुवाकोटका केशव गैरेलाई उत्कृष्ट वलरको उपाधी छनौट भएका थिए ।

खेलमा प्रथम हुने समुहलाई नगद रु. ३० हजार, सिल्ड, मेडल र प्रमाण– पत्र, द्वितीय हुने समुहलाई नगद रु. २० हजार, सिल्ड, मेडल र प्रमाण– पत्र, तितृय हुने समुहलाई नगद रु. १० हजार, सिल्ड, मेडल र प्रमाण– पत्र, उत्कृष्ट खेलाडी, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलरलाई जनही १ हजार सिल्ड, मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

खेलाडीहरुलाई भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम बहादुर थापा, भूमिकास्थान नगरपालिका वडा नं. ४का वडा अध्यक्ष वावुराम पन्थि सुनार, ७का वडा सदस्य हुम बहादुर सिंह ठकुरी, नुवाकोट दिपज्योती युवा परिषदका अध्यरुक्ष राज कमार श्रेष्ठ, खेल संयोजक रामचन्द्र श्रेष्ठ लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम परिषदका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता, सचिव ज्ञानु श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । प्रतियोगितामा भूमिकास्थान नगरपालिकाका १० वटै वडावाट सहभागिता भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.