श्याम घिमिरे बैशाख ५ अर्घाखाँची
भुमिकास्थान नगरपालीकाका प्रमुख रेशम थापाले पत्रकारीता तालीमले बिद्यार्थीको समग्र ब्यक्तित्व बिकासमा टेबापुग्ने भएकोले यसलाई सहि ढंगबाट सदुपयोग गरी ब्यबहारमा लागु गर्नुपर्ने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजना र भुमिकास्थान नगरपालीकाको सहयोगमा बुधबार बाट नुवाकोट माबिमा सुरु भएको ३ दिने बिद्यालयका बिद्यार्थीहरुको लागी आधारभुत पत्रकारीता,रेडियो उद्घोषण तथा क्षमता अभिबृद्धि तालीमको उद्घाटन गर्दे प्रमुख थापाले यस्तो बताउनु भएको हो ।
अहिलेको युग सञ्चारको युग भएको बताउदै प्रमुख थापाले पत्रकारहरुलाई सत्यतथ्य कुराको मात्र समचार सम्प्रेशण गर्न आग्रह गर्दे भुमिकास्थान नगरपालीकालाई समृद्ध नगरपालीका बनाउन सबैको साथ र सहयोगको आबस्यकता रहेको बताउनु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेल्बासे, ७ नम्बरका वडाअध्यक्ष तारा मल्ल ,पत्रकार हृदय भुसाल,प्रेमनारायण आचार्य,श्याम घिमिरे,सहयोगी बिसी,मुक्तिनाथ भुसाल,अनिल नेपाली नबिन केसी,बसन्त श्रेष्ठ, लगायतले तालीम सफलताको शुभकामना दिनुभएको थियो ।
उद्घाटन कार्यक्रम पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम जीसी लेकालीको अध्यक्षता गणेश खनालको स्वागत मनतब्य र सुर्य भुसालको सन्चालनमा सम्पन्न भएको हो । तालीममा नगरपालीका भित्रका १२ माबीबाट करीब ६० जना बिद्यार्थीहरुको सहभागीता रहेको छ ।