नयाँ वर्ष सुपा देउरालीमा श्रद्धालुको अत्यधिक भिड्भाड् फोटो भिडियो

नयाँ वर्ष सुपा देउरालीमा श्रद्धालुको अत्यधिक भिड्भाड् फोटो भिडियो

भक्तजनहरुको भिड्भाड तस्विर : घनश्याम पौडेल

घनश्याम पौडेल,सन्धिखर्क, १ वैशाख ।

२०७५ सालको नयाँ दिन वैशाख १ गते नेपालकै धार्मिक प्रयटकिय स्थल सुपादेउराली मन्दीरमा विहान ६ बजेदेखी नै श्रद्धालुभक्तजनहरु जिल्ला तथा जिल्ला बाहिरबाट दर्शन गर्नका लागी लामबद्ध भए ।

                                   भिडियो

विहान ६ बजेबाट सुरु भएको पुजाँआजामा विहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म निकै भिड्भाड् भएको सुपादेउँरालीमा ट्राफिक व्यवस्थापन गर्न समेत हम्मे हम्मे भएको थियो प्रहरीलाई ।

Image may contain: 4 people, people standing, child and outdoor

शक्तिपीठका रुपमा परिचित मन्दिर, मनोरम प्राकृतिक दृश्य र रमाइलो गर्न मिल्ने पर्यटकीय संरचना भएको ऐतिहासिन मन्दिरमा सधैं श्रद्धालु भक्तजनहरुको भिडभाड् हुने सुपादेउरालीमा नयाँ वर्षको दिन अत्यधिक भिड्भाड भयो ।  जिल्ला रहेका अन्य पर्यटकिय स्थल भन्दा धेरै परिचित सुपादेउरालीमा पूजापाठ, मनोरम दृश्य, साथीभाईसँग भेटघाट र घुम्न पाइने भएकाले पनी पहिलो धार्मिक गन्तव्य सुपादेउराली पुग्ने इच्छा बाहिरी तथा जिल्लाबासीको भई भिड्भाड् भयो ।

Image may contain: 2 people, people standing and outdoor

छिमेकी जिल्ला गुल्मी, कपिलवस्तु, पाल्पा, रुपन्देही, प्युठान लगाएत देशभर तथा भारतबाट समेत यहाँ तीर्थालुको बाक्लो उपस्थिति भएको मन्दिर व्यवस्थापन समितीले जानकारी गराएको छ । गोरुसिंगे सन्धिखर्क सड्कमा पर्ने सुपादेउरालीमा नरोकी कुनै पनी सवारी साधन चल्दैनन् सुपादेउँराली पुगेपछी यातायातका साधनहरु समेत रोकिन्छन्, वरिपरि चट्टानले बनेको पहाडको बिचमा अवस्थीत मन्दिर । प्राकृतिक वातावरण हरीयाली । गर्मी यामको बातावरण्मा चिसो मौसम ।

                            भिडियो

हेर्दै मनमोहक मन्दिरमा भाकल र पूजापाठ गर्दा आनन्द आउने र दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक जनविश्वासले दैनिक सयौंको संख्यामा भक्तजन आउने गरेकोमा नयाँ वर्षको दिन करिव दश हजार भक्तजनले दर्शन गरेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष प्रितम थापाले बताए ।

खाँची घर भएका एक व्यक्ति धन कमाउन भारत जानुभन्दा अघि सुपामाईसँग राम्रो जागिरको प्रार्थना गर्दै राम्रो होस् र फर्केर आउँदा भेटी चढाउनेछु भनी ढोग गरेर गए । भारत बसाइँमा उनले राम्रै धन कमाए । फर्केर आउँदा भेटी नचढाई मन्दिरमाथिको जंगलको बाटो हुँदै भाग्न लाग्दा जंगलबीच बाटोमा सुपामाईले पहाडको चट्टानमा लाहुरेलाई टाँसेको किंवदन्ती छ ।

मन्दिरमा दर्शन गर्न आएका अधिकाशं भक्तजनहरु लाहुरे टाँसेको ठाउँ हेर्नेको पनि भीड हुन्छ । दर्शन गर्न भक्तजनहरु घण्टौ लाईनमा बसे ।
यहाँ परेवा, बोका तथा अन्य भाकल गरेको कुरा र पूजापाठ गर्दा मनमा आँटेको पूरा हुने विश्वासले तीर्थालुको दिनहुँ भीड लाग्ने गरेको मन्दिर व्यवस्थापन समितीले जनाएको छ ।

मन्दिरमा परेवा र पाठापाठी चढाउनकै लागी जिल्ला तथा जिल्ला बाहिरबाट पनी आउँछन । मन्दिरमा पुजाँ गरेपछी सुन्दर मनोरम वातावरण चिसो हावा वहिरहने ठाउँ नरपानीमा आएर प्रसाद ग्रहण गर्छन । नरपानीमा प्रसाद ग्रकणका लागी ऐतिहासिक ठाउँ बनेको छ ।
बाइसे–चौबिसे शाहवंशीय राजाको पालामा निर्माण भएको मन्दिरमा २०४० देखि पूजा गर्न थालिएको र ०६० मा बाबा नरनारायणले झण्डै डेढ करोडको लगानीमा काठमाडौं र भक्तपुरका ऐतिहासिक सम्पदामा प्रयोग भएका प्राचीन निर्माण सामग्रीबाट ठूलो मन्दिर बनेपछि भक्तजन पनि बढेका छन ।

मन्दिरको भेटीले दुई स्कुल सञ्चालन र गाउँमा विकासका काम भएको छ । अब पर्यटकीय पूर्वाधारका काम गर्न योजना मन्दिरले बनाउँन लागेको उपाध्यक्ष गोव्रद्धन थापाले बताए । जिल्लाको सन्धिखर्क नगरपालिका र शीतगंगा नगरको सिमानामा अवस्थित मन्दिर रहेकाले संरचना बनाएर पर्यटकीय गन्तव्य बनाउनका लागी जनप्रतिनिधिले ध्यान दिनुपर्ने देखिन्छ ।

सुपादेउराली मन्दिरसँगै श्री शिद्धेश्वर शिवालय मन्दिर चुत्रावेशी, अर्घादरबार भगवती मन्दिर, बल्कोट पौवा, पाणिनि तपोभूमि, छत्रमहाराज मन्दिर छत्रगन्ज, वामरुकको नरसिंहस्थान, ठाडाको डमरुदह र मालारानी मन्दिर लगायत धार्मिक तथा पर्यटकीय स्थलमा आन्तरिक पर्यटक पुग्ने गर्छन ।

Image may contain: 4 people, outdoor

धार्मिक पर्यटकलाई मध्यनजर गरी सुपादेउँराली मन्दिरमा सितगंगा सेवा समाजले निशुल्क सर्वत पानी दिनभर वितरण गरेको छ । समाजका महासचिव राजु अधिकारी भन्छन्, करिव ७ हजारलाई निशुल्क पानी वितरण ग¥यौ, दर्शालु भक्तजनहरु अत्यन्तै खुसी हुनुभयो, यो सुरुवात मात्रै हो अन्य दिनमा पनी यो समाजले सामाजिक कार्यमा अग्रसर रहन्छ ।

Image may contain: 5 people, child, mountain and outdoor

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.