गोपाल भट्टराई चैत्र २७ अर्घाखाँची
सामुदायिक विद्यालयको पढाईको गुणस्तर खस्किंदै गएका कारण निजि विद्यालयमा बिद्यार्थी चाँप बढ्दै गएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले आयोजना गरेको अनिवार्य आधारभुत शिक्षाका लागि विद्यार्थी भर्ना,विद्यालय स्वागत,विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधार बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताउंदै सामुदायिक बिद्यालयको पढाईको गुणस्तर बृद्धि गर्न सरकारी शिक्षक,राजनितिक दलका नेताहरु,जनप्रतिनिधि जस्ता सरोकारवालाका छोराछारीलाई सामुदायिक बिद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने सुझाव दिएका छन् ।
यस्तै २१ औं शताब्दीमा समेत हरेक जिल्लामा हजारौं बालबालिका विद्यालयको पहुंच भन्दा बाहिर रहनु दुखद पक्ष भएको भन्दै उनिहरुलाई स्कुल भर्ना अभियानमा जोड दिनुपर्ने बताएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माको अध्यक्षता जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउतको सहजीकरण र शिक्षा कार्यालयका शाखा अधिकृत चोपलाल वेल्वासेको संचालनमा समपन्न कार्यक्रममा स्थानिय जनप्रतिनिधि,अभिभावक,आरपी ,पत्रकार लगायतका सरोकारवालाहरुले आ–आफ्ना धारणा राख्नुभएको थियो ।