जनता आधारभुत बिद्यालय सन्धिखर्क ८ ले कक्षा १ देखी तल प्ले ग्रुप,नर्सरी र एल.के.जी.तहका कक्षा संचालन गर्ने

गोपाल प्रसाद भट्टराई चैत्र  २८ अर्घाखाँची
जनता आधारभुत बिद्यालय सन्धिखर्क ८ नेपालीचौर किमडांडाले कक्षा १ देखी तल प्ले ग्रुप,नर्सरी र एल.के.जी.तहका कक्षा संचालन गर्ने भएको छ ।
प्रत्येक बर्ष बिद्यार्थीदरमा आउने कमिका कारण स्कुल संचालनमै कठिनाई आएपछि यसै शैक्षिक शत्रदेखी अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई संचालन गर्ने निर्णय गरेको बिद्यालयले शिक्षाको गुणस्तरमा बृद्धि गर्न कक्षा १ देखी तल तिन तहका अतिरिक्त कक्षा संचालन गर्न लागिएको बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष शिव प्रसाद पोख्रेलले जानकारी दिनुभएको छ ।
बिद्यालय ब्यबस्थापन समिति,शिक्षक, अभिभावक र स्थानिय शैक्षिक शुभचिन्तकहरुको आज सम्पन्न त्रिपक्षिय बैठकले बिद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याई दिगो र ब्यबस्थित रुपमा स्कुल संचालन गर्न यसरी अतिरिक्त कक्षा संचालन गर्ने निर्णय गरेको बिद्यालयकी प्र.अ.शुभद्रा मरासिनिले जानकारी दिनुभएको छ ।
बैठकले जनता आधारभुत बिद्यालयमा यस बर्षदेखी कक्षा १ देखी ३ सम्म नेपाली बिषय बाहेक अन्य सबै बिषय अंग्रेजी माध्यमबाट पढाउने निर्णय समेत गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।
यसैबिच उक्त बिद्यालयले आजै शैक्षिक शत्र २०७४ को बार्षिक परिक्षाको परिक्षाफल प्रकाशन,पुरस्कार तथा छात्रबृति बितरण समेत सम्पन्न गरेको छ । जसमा बिशाल मुखिया कक्षा ३ स्कुल प्रथम,प्रशंसा पोख्रेल कक्षा १ स्कुल द्धितिय र अप्सरा राना कक्षा ३ स्कुल तृतिय हुनुभएको छ ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शिव प्रसाद पोख्रेलको अध्यक्षता,अभिभावक गोपाल प्रसाद भट्टराईको स्वागत मन्तव्य र शिक्षक कमल प्रसाद गैरेको संचालनमा सम्पन्न भएको पुरस्कार बितरण कार्यक्रममा बिद्यालय स्रोत ब्यक्ति युवराज भुसाल,स्थानिय शिक्षा प्रेमी धर्मराज बन्जाडे,पिताम्बर बन्जाडे,रामचन्द्र पोख्रेल,चन्द्र प्रसाद बन्जाडे,रिषि पोख्रेल,गोविन्द पोख्रेल लगायतको बिषेश आतिथ्यता रहेको शिक्षिका इन्दिरा आचार्यले जानकारी दिनुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.